मंसिर १९, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
एनसेलका सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले अब बढी शुल्क लाग्ने कुनै डर विना ढुक्कसँग मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन् ।
एनसेल प्राइभेट लिमिटेडले नयाँ डेटा बोनस योजना सार्वजनिक गरेको छ, जसअन्तर्गत मेन ब्यालेन्स अर्थात पे एज यू गोबाट चलाउँदा लाग्ने २ रुपैयाँप्रति एमबी दर ८० प्रतिशतसम्म घट्छ ।
मेन ब्यालेन्सबाटै डेटा सेवा प्रयोग गर्ने र अझ सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकलाई लक्षित अफर आइतवारबाट सञ्चालनमा आउँदैछ ।
अफरमा डेटा सेवाका लागि जति मात्रामा मेन ब्यालेन्स खर्च हुँदै जान्छ, डेटा सेवाको शुल्क थप घट्दै जान्छ ।
जब ग्राहकले मेन ब्यालेन्सबाट डेटा सेवा चलाउँछन्, खर्च भएको ब्यालेन्स रकमको आधारमा त्यति नै बेला बोनस डेटा पाउँदै जानेछन् । ग्राहकले आफ्नो ब्यालेन्सबाट २ रुपैयाँ, ५ रुपैयाँ, १०, २०, ३० रुपैयाँ वा योभन्दा थप १० रुपैयाँका दरले खर्च गर्दै जान्छन्, त्यसै अनुपातमा तत्काल बोनस डेटा प्राप्त गर्दै जानेछन् ।
यसरी प्राप्त हुने डेटा बोनस प्रगोग गर्नका लागि २ दिनको समयावधि हुनेछ । ग्राहकले पे एज यू गो अन्तर्गत पहिलो १० रुपैयाँ खर्च गरेपछि, प्रत्येक थप १० डेटामा खर्च गरेवापत २०/२० एमबी बोनस डेटा तत्काल प्राप्त गर्दै जानेछन् ।
यदि ग्राहकले २ रुपैयाँ मेन ब्यालेन्स डेटा सेवामा खर्च गर्दछन् भने उनीहरूले तत्कालै २ एमबी डेटा बोनस पाउँनेछन् । यसैगरी ग्राकहले ३० रुपैयाँ ब्यालेन्स खर्च गर्छन भने बोनसको ५७ एमबीसहित कुल करीब ६९ एमबी डेटा पाउनेछन् ।
ग्राहकले मेन ब्यालेन्सको १०० रुपैयाँ डेटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाइने ३९.१६ एमबी र बोनस १९७ एमबीसहित कुल २३६ एमबी डेटा पाउनेछन् ।
अफर आइतवारदेखि शनिवारको साप्ताहिक चक्रमा सञ्चालन हुनेछ । यसको मतलब ग्राहकले १ हप्ताभित्र जति मेन ब्यालेन्सबाट पे एज यू गोमार्फत डेटामा खर्च गर्दछन्, त्यसकै हिसाबको आधारमा बोनस पाउँदछन् ।
ग्राहकलाई मेन ब्यालेन्सबाटै पनि सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित गर्ने उदेश्य सहित यो योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि डेटा प्याक लिनु उत्तम उपाय भएपनि यो योजना डेटा प्याक नलिई पे एज यु गोमार्फत सेवा प्रयोग गर्ने ग्राहकहरुका लागि एकदमै फाइदाजनक हुने विश्वास एनसेलले लिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...