×

NMB BANK
NIC ASIA

चरखण्डी खोलामा बन्ने भयो पुल

फागुन २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सूर्यविनायक नगरपालिका– १ सिरुटार र  वडा नं ४ त्रिपुर जोड्ने सिमानामा रहेको चरखण्डी खोलामा निर्माण हुने पुलको शिलान्यास गरिएको छ ।  स्थानीय विकास पूर्वाधार आयोजनाको भ्याटबाहेक कूल रु ७० लाख ४७ हजारको लागतमा पुल निर्माण हुन लागेको हो ।

Sagarmatha Cement
Muktinath Bank

पुलको आज शिलान्यास गर्दै प्रतिनिधिसभा सदस्य महेश बस्नेतले विकासमा पिछडिएको र दुर्गम मानिने सूर्यविनायक क्षेत्रमा अहिले विकासमा क्रान्ति आएको बताए । सांसद बस्नेतले चुनावमा भोट माग्दा जनताले सडक, ढल र खानेपानीको माग गरेको स्मरण गर्दै आफ्नो कार्यकालमा जनताका माग पूरा गर्ने गरी विकासमा क्रान्ति ल्याएको बताए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“यस वर्ष मात्रै साना १० र ठूला छ पुल बनिरहेका छन्, भक्तपुरमा हाम्रो पहलमा गत वर्षदेखि अहिलेसम्म २९ पुल निर्माणको काम अगाडि बढाएका छौँ”, नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका बस्नेतले भने, “बिहान उठेदेखि राति नसुतेसम्म जनताको विकासको काम लिएर हिँडिरहेको छु, जनताले खाजेको विकासबाहेक मेरो अरु कुनै स्वार्थ छैन ।”


Advertisment
Nabil box
Kumari

वाग्मती प्रदेश सभाका सदस्य शशिजङ्ग थापाले कौशलटार–बालकोट–सिरुटार सडक खण्डअन्तर्गत बालकोटसम्म सकिएको र अर्को आवमा सिरुटारको सडक विस्तार सम्पन्न गरिने बताए । उनले सङ्घीय, प्रदेश र स्थानीय बजेटले आगामी दुई वर्षभित्र पक्की सडक, ढल र खानेपानीको पहुँच सबै नागरिकको घरघरमा पुग्ने गरि विकासका काम अगाडि बढाइएको जानकारी गराए । 

Vianet communication
Laxmi Bank

नगरपालिकाका उपप्रमुख जुना बस्नेतले गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरी समयमै पुल निर्माण हुनुपर्नेमा जोड दिए। वडा न। १ का वडाध्यक्ष सानुकाजी कायस्थले उक्त पुलका लागि कूल रु एक करोड २६ लाख १८ हजार बजेट लागत अनुमान गरिएकामा भ्याटबाहेक रु ७० लाख ४७ हजारको लागतमा आठ मिटर लम्बाइ र १०।५ मिटर चौडाइको पुल निर्माणको ठेक्का भएको जानकारी दिए । 
    
वडा नं ४ का वडाध्यक्ष उत्तम थापा, इञ्जिनीयर रुद्रप्रसाद काफ्ले, वडा सदस्य प्रदीप कार्की लगायतले चालू आवभित्रै पुल निर्माण सम्पन्न भएपछि गोदावरी–भक्तपुर आवतजावतमा निकै छोटो बाटो हुने बताए । -रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x