×

NMB BANK
NIC ASIA

अशोक सिलवालको ‘श्रीलंका स्मृति’ उनकै गाउँ फिकुरीमा विमाेचन

फागुन २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नुवाकाेट- लाङटाङ सद्भावना दूत अशोक सिलवालको पछिल्लो कृति ‘श्रीलंका स्मृति’ उनकै गाउँ फिकुरीमा विमोचन भएको छ । फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा सहभागी पदयात्री समूहले किस्पाङ गाउँपालिकाको फिकुरी डाँडास्थित तीन हजार ४६० मिटर उचाइमा रहेको ढ्वाछाप भेंडीखर्कमा पुस्तक  विमोचन गरेको हो । 

Muktinath Bank

श्रीलङ्का प्रेस एशोसिएसन ९एसएलपिए०को ६३ औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा श्रीलङ्कामा सहभागी सिलवालले एक साता लामो यात्रा विवरण सो पुस्तकमा समेटिएको छ ।  फिकुरी डाँडाको उचाइ तीन हजार ८०० मिटर रहेको छ जहाँबाट लाङटाङ लिरुङ, गणेश, मनास्लु र अन्नपूर्ण मात्र होइन, तिब्बती हिमशृङ्खलासमेत देख्न सकिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाक्लो हिउँमा उभिएर साहसिक पर्यटनमा सक्रिय पदयात्रीमाझ नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य दीपक महतले कृति हिमालयबाट महासागर गएको एउटा अन्वेषी यात्रुको किताब भएको टिप्पणी गर्नुभयो । यात्रा आयोजक संस्था रसुवा–नुवाकोट पर्यटन समाजका कावा अध्यक्ष शिव लामिछानेले सिलवालको कलम फिकुरी यात्रामाथि पनि चल्ने अपेक्षा गरे । 


Advertisment
Nabil box
Kumari

फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा गुरुङ पर्यटन व्यवसायी संघका अध्यक्ष अम्बिर गुरुङ, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालका द्वितीय उपाध्यक्ष गोपाल थापा, ट्रेकिङ एजेन्सिज एशोसिएसन टानका कोषाध्यक्ष ऋतु ग्यामदान, चराविज्ञ जयनाथ भण्डारी, टोली नेता ऊर्जा तामाङ, दिनेश तामाङ, गगन न्यौपाने लगायतलगायत ३० पदयात्री सहभागी थिए । किस्पाङनिवासी पत्रकार सिलवालले सागरबारे लेखिएको किताब हिमालमा आइपुग्दा खुशी लागेको बताए ।-रासस

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x