मंसिर ४, २०८०
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको प्रशासनिक र आवास भवन निर्माण गरिएको छ ।
चालिस मेगावाट क्षमताको आयोजना कार्यालय र कर्मचारी आवासका लागि विसं २०६७ मा १० भवन निर्माण शुरू गरेको थियो । पहिलेको ठेकेदार कम्पनीले अधकल्चो बनाएर छाडेको भवन उसँग सम्झौता रद्द गरेर नयाँ ठेक्का प्रक्रियाबाट पूरा गरिएको रघुगङ्गा हाइड्रो लिमिटेडका सिभिल महाशाखा प्रमुख राजकुमार श्रेष्ठले बताए।
गोरखा कन्ट्रक्शन एण्ड स्वच्छन्द जेभीसँग विसं २०६७ कात्तिक ४ गते रु ११ करोड १० लाख ६७ हजारमा ठेक्का सम्झौता भएको थियो । अठार महिनामा भवन बनाइसक्ने सम्झौता गरेका दुई कम्पनीको आन्तरिक द्वन्द्वले ढिलासुस्ती भएपछि विसं २०७५ कात्तिक ९ गते रद्द गरिएको थियो ।
चार भवन बनाएको ठेकेदारले एउटा भवनको जगसमेत हालेको थिएन । सिभिल महाशाखा प्रमुख श्रेष्ठका अनुसार अधुरा पाँच भवन बनाउन दुई प्याकेजमा ठेक्का सम्झौता गरिएको थियो । नयाँ ठेक्काबाट झ्यालढोका राख्ने, टायल बिछ्याउने, वायरिङ, पलम्बिङसम्बन्धी काम गरेको हो । रु एक करोड २७ लाखमा सम्झौता गरेको जम्बुदीप कन्ट्रक्शनले तीन र रु ७९ लाख ७२ हजारमा सम्झौता गरेको दावा–त्रिशक्तिले दुई भवन सकेर हस्तान्तरण गरेका हुन् ।
जम्बुदीपले लक्ष्यभन्दा एक महिनाअघि नै काम सकेको थियो । रु एक करोड ३५ लाख लागतमा एक÷एकतले दुई स्टोर र चमेना गृहको भवन निर्माणको ठेक्का मूल्याङ्कनको चरणमा रहेको श्रेष्ठले बताए। भवन निर्माणमा ढिलाइ हँुदा कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडको कार्यालय बेनी र काठमाडौँबाट सञ्चालन गरिएको थियो । भवन बनेपछि सबै कार्यालय पिप्लेबाटै सञ्चालन गरिएको कम्पनीका प्रशासन प्रमुख मदन गिरीले बताए। आयोजनाको सुरुङ, विद्युत्गृह र बाँध निर्माणको काम तीव्रगतिमा अघि बढेको छ । विसं २०७४ मङ्सिर ५ गते रु छ अर्बमा सम्झौता गरेको भारतीय जेपी एशोसिएट्सले सिभिल निर्माणको कामलाई तीव्रताका साथ अघि बढाएको जनाएको छ ।
भारतीय एक्जिम बैंकको ४४ मिलियन डलर सहुलियत ब्याजदरको ऋणमा निर्माण गर्न लागिएको आयोजनाको २६ महिनाको भौतिक प्रगति २२ प्रतिशत पुगेको छ । ठेक्का अवधि ४५ महिनाको हो । घुमाउने तालबाट दग्नाम र झिँको सिमानामा बन्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग बनाइएको छ । पहुँचमार्गमा नाली र पर्खाल निर्माण भइरहेको छ । बाँधतर्फ जाने बाटोमा पर्ने बुक्लस्थित रघुगङ्गा नदीमाथि बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ । झिँ र दग्नामको सीमामा बाँध बन्ने आयोजनाको छ किलोमिटर २०० मिटर सुरुङ र एक किलोमिटर पेनस्टक पाइप रहने छ । पिप्लेको तिल्केनीचौरमा विद्युत्गृह बन्नेछ ।
भारत हेभी इलेक्ट्रकल्स लिमिटेड (भेल)सँग एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा आयोजनाको इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता भएको रघुगङ्गा हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले बताए। कम्पनीको अवधारणा र इञ्जिनीयरिङ प्रक्युमेन्ट एण्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट बनाउन लागिएको हो । रघुगङ्गा हाइड्रो लिमिटेड विद्युत् प्राधिकरणको सहायक कम्पनी हो ।सन्तोष गौतम,रासस
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...