माघ ९, २०८०
चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...
फागुन २६, २०७६
घाम लाग्दा धूलोधूवाँ र पानी पर्दा हिलोका कारण चावहिल–गौशाला सडक खण्डका स्थानीय एवं त्यस क्षेत्र भएर यात्रा गर्ने यात्रुहरू आजित छन् ।
चावहिल–गौशाला सडकलाई फूटपाथसहित १५ मिटर चौडा गरी वि.सं. २०७० सालमा कालोपत्रे गरिएकोमा त्यसको केही महिना नबित्दै खाल्डाखुल्डी र धूलोहिलो हुन थालेको थियो ।
पछि खानेपानीको पाइपलाइन बिच्छ्याउन भन्दै सडक खनिएपछि महिनौंदेखि स्थानीय बासिन्दाकाे दैनिकी धूलो र हिलोबाट प्रताडित छ ।
गौशालादेखि–चावहिल चुच्चेपाटीसम्मको २ दशमलव ५ किलोमिटर सडक खण्डमा पाइपलाइन विस्तार र कालोपत्रेका लागि कालिका–बेन्दासी जेभीले २० करोड ८७ लाख रुपैयाँमा ठेक्का पाएको छ । तर, अपेक्षाकृत काम हुन सकेको छैन ।
गत मंसिरमा मन्त्रिपरिषद् विस्तारपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई 'राजधानीको सडकमा कतैपनि खाल्डाखुल्डी नहोस्' भन्ने निर्देशन दिएका थिए ।
पछिल्लो समय मन्त्री नेम्वाङले सडकको खाल्डाखुल्डी पुर्ने काममा ध्यान केन्द्रित गरेको बताइएपनि यस क्षेत्रको समस्यामा मन्त्रीको ध्यान जान नसकेको स्थानीयको गुनासो छ ।
अपांगता भएका व्यक्तिहरू सडकमा निस्किन सक्ने अवस्था छैन । सडक आसपासका पसलका सामानहरू धूलोले छपक्कै छोप्ने गरेको छ, जसका कारण सामानहरू ड्यामेज हुने गरेको व्यवसायी बताउँछन् ।
स्वास्थ्यमा परेको असरको त कुनै लेखाजोखा नै छैन ।
हेर्नुहोस्, भिडियो स्टोरी :
चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...
ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । सरकारी मर्यादाक्रममा मुख्यसचिव ...
हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो । ...
साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् । सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...
खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...