×

NMB BANK
NIC ASIA

कर्णालीमा पाठ्यपुस्तक समयमा नपुगेपछि अदालतमा रिट

फागुन २८, २०७६

NTC
Sarbottam
File Photo
Premier Steels
Marvel

कर्णाली प्रदेशका हिमाली जिल्ला हुम्ला, डोल्पा, कालीकोट, मुगु र जुम्लामा शैक्षित्र सत्र शुरु भएको तेस्रो सातासम्म विद्यालयमा पाठ्यपुस्तक नपुगेपछि उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा रिट दायर गरिएको छ। नेपालको संविधानको धारा ४६/१४४ (१) (२) बमोजिम परमादेशको आदेश जारी गरी पाऊँ भनी रिट दायर गरिएको छ। 

Sagarmatha Cement
Muktinath Bank

साबिकको कर्णाली अञ्चलका जिल्लामा शैक्षिक सत्र शुरु भइसक्दा पनि पाठ्यपुस्तक नपुगेको समाचार मूलधारका राष्ट्रिय पत्रपत्रिकामा समाचार प्रकाशन भएपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतले अदालतमा नेपालको संविधानबमोजिम ‘परमादेशको आदेश जारी गरी पाऊँ’ भनी रिट दायर गरेको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इन्सेकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौँ, शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुर, राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद् र जनक शिक्षा सामग्री केन्द्र सानोठिमी भक्तपुरलाई विपक्षी बनाएर आज रिट दायर गरेको हो। 


Advertisment
Nabil box
Kumari

त्यसैगरी विपक्षीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश, प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश शिक्षा विकास निर्देशनालय रहेका छन्। इन्सेकले जुम्ला, मुगु, डोल्पा, हुम्ला र कालीकोटका एकाइ प्रमुख, शिक्षा विकास तथा समन्वयसमेतलाई विपक्षी बनाई रिट दायर गरेको छ। 

Vianet communication
Laxmi Bank

दायर रिट तयार गरेका अधिवक्ता पदमबहादुर शाहीले भने, ‘राज्यको चौथो अङ्गका रूपमा रहेको सञ्चारजगत्ले यस विषयलाई गम्भीर ढङ्गले उठाइरहँदासमेत शिक्षाक्षेत्रका सरोकारवालाले कुनै चासो नदेखाउनु विडम्बनापूर्ण अवस्था हो।’ राज्यका सरोकारवाला निकायले यस्ता विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए। 

नयाँ पत्रिका, कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट, इन्सेक अनलाइन, मालिका पोष्ट पत्रिका र मार्सी न्यूज अनलाइनमा जुम्ला जिल्लालगायत हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र शुरु भएको एक महिना बित्न लाग्दासमेत सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेको समाचार प्रकाशन भएपछि रिट दायर गर्नु परेको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताए।

अधिकांश विद्यालयमा पाठ्यपुस्तक नपुग्दा पठनपाठन प्रभावित हुने गरेको र विद्यार्थीहरु खाली हात स्कूल जाने गरेको विद्यालयले बताएका छन्। जुम्लाको हकमा सामान्यतः अरू कक्षाको पाठ्यपुस्तक पुगे पनि सिञ्जा गाउँपालिकास्थित कैलाश मावि फुङग्रका प्रधानाध्यापक विष्णुलाल रोकायाका अनुसार कक्षा १ को पाठ्यपुस्तक छापिएर नआएका कारण विद्यार्थीलाई वितरण गर्न नसकिएको हो। उनले भने, ‘अब सबै कक्षाका विद्यार्थीलाई पुस्तक वितरण भइसकेको छ।’ कक्षा १ को पुस्तक किन नआएको भन्ने प्रश्नमा पहिला पुस्तक छापिएको तर पछि पुनः पाठ्यक्रममा परिर्वतन आएपछि फेरि पुस्तक छाप्नुपर्ने भएकाले ढिलो भएको बुझिन आएको उनले बताए।

समयमा पाठ्यपुस्तक नपुग्ने र शिक्षकको पनि लगनशीलता प्रभावकारी नदेखिएकाले शैक्षिक सत्रभरि पाठ्यक्रम सम्पन्न नहुँदै कर्णालीका विद्यार्थीले वार्षिक परीक्षा दिनुपर्ने अवस्था रहेको छ । त्यसैगरी जुम्लाका विद्यार्थी विपन्नलक्षित छात्रवृत्ति पाउनबाट पनि गत आर्थिक वर्षमा वञ्चित भएका थिए। विद्यालय प्रशासनले चासो नदिएपछि विपन्नलक्षित छात्रवृत्तिबाट वञ्चित हुने गरेका हुन्। 

कर्णाली प्रदेशका हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र शुरु भए पनि विद्यार्थीले फागुनको तेस्रो सातासम्म पुस्तक पाउन नसकेको समाचार प्रकाशित भएकाले नेपालको संविधान र नेपाल कानूनले काम कर्तव्य र अधिकार तोकिदिएका विपक्षीलाई अन्तरिम आदेशसहित परमादेशको आदेशलगायत उक्त जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको शिक्षासम्बन्धी हक र बालबालिकाको हक प्रचलन गरी पाऊँ भन्ने दायर रिटमा उल्लेख गरिएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा माघ २५ देखि मङ्सिर मसान्तसम्म शैक्षित्र सत्र सञ्चालन हुने गर्दछ । –मानदत्त रावल/रासस:

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x