पूर्वहलिउड निर्मातालाई यौन उत्पीडनमा २३ वर्ष जेल सजाय

हलिउडका पूर्वनिर्माता हार्वे विन्स्टीनलाई २३ वर्ष जेल सजाय सुनाइएको छ। 

न्यूयोर्कको अदालतले उनलाई यौनउत्पीडन मुद्दामा यसअघि नै दोषी ठहर गरेकोमा हाल आएर कैद सजाय निर्धारण गरेको हो।


Advertisement

समाचार एजेन्सी एनएनआईले एएफपीलाई उदृत गर्दै भनेको छ कि  वीनस्टीनलाई यौन शोषण र उत्पीडनको मुद्दामा २३ वर्षको जेल सजाय सुनाइएको छ।’

हार्वेमाथि एक सयभन्दा बढी महिलाले यौन शोषण र उत्पीडनको आरोप लगाएका थिए।  मीटू अभियान अगाडि बढेसँगै उनीमाथि अभियाेग लाग्ने क्रम शुरु भएकाे थियाे।


Advertisement

हार्वे हलिउडका चर्चित निर्माता थिए। उनले बनाएका ८१ फिल्मले ओस्कार अवार्ड पाएको थियो। उनी फिल्म निर्माता मात्र थिएनन्, ह्वाइट हाउससम्म पहुँच थियो।  


 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्