वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना वडा सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

अख्तियारले धनुषाको धनौजी गाउँपालिका–२ का वडासचिव सुशील ठाकुरविरुद्ध कारबाही अगाडि बढाएको हो। 


Advertisement

 वडा सचिव ठाकुरले जन्म प्रमाणित सिफारिश गरिदिएबापत सेवाग्राहीसँग २० हजार घुस लिएको अख्तियारको आरोप छ। उनी केही दिन अघि पक्राउ परेका थिए। 

अख्तियारले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत नायब सुब्बा डोरप्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ। काम सहज गरिदिए बापत उनीहरुले  पाँच हजार घुस लिँदै गरेको अवस्थामा आयोगले पक्राउ गरेको हो। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्