×

NMB BANK
NIC ASIA

सेक्युरिटी प्रेस खरिद : जीटुजी रद्द गर्न लेखाको निर्देशन, लागत बढाउनेमाथि कारवाही सिफारिश

फागुन ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले जीटुजी (सरकार र सरकारबीच सम्झौता) मोडलबाट सेक्युरिटी प्रेस खरिदसम्बन्धी प्रक्रिया रद्द गर्न सरकारलाई निर्देशन दिएको छ । 

Muktinath Bank

जीटुजीबाट खरिद गर्दा लागत बढाएर आर्थिक अनियमितताको चलखेल भएको लेखा समितिको ठहर छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसद् सचिवालय सिंहदरवारमा शुक्रवार बसेको समिति बैठकले सञ्चार मन्त्रालयले अगाडि बढाएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया रद्द गर्न निर्देशन दिने निर्णय गरेको समिति सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

पटक–पटकको छलफलपछि लेखाले शुक्रवार ४ बुँदे निर्णय गर्दै अगाडि बढेको खरिद प्रक्रिया रोक्न निर्देशन दिएको हो ।

Vianet communication
Laxmi Bank

‘जीटुजीमार्फत अहिले शुरू भएको खरिद प्रक्रिया रद्द गर्ने र ग्लोबल टेन्टरमार्फत खुला प्रतिस्पर्धाबाट खरिद प्रक्रिया शुरू गर्न निर्देशन दिने निर्णय भएको छ,’ पाण्डेले लोकान्तरसँग भने । 

सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि गोकुल बाँस्कोटाले सञ्चार मन्त्रीबाट राजीनामा गरेका थिए । 

सेक्युरिटी प्रेस खरिद प्रक्रियामा अनियमितताको आशंकामा लेखा समितिले लामो समयदेखि छानबिन गरिरहेको थियो । 

समितिले जीटुजी खरिद प्रक्रियाबारे अर्थमन्त्री, मुख्यसचिव र सार्वजनिक खरिद अनुगमन कार्यालयसँग छलफल गर्ने समेत निर्णय गरेको छ । 

लेखाले सेक्युरिटी प्रेसको लागत बढाउनेमाथि कारवाही गर्न अख्तियारलाई सिफारिश समेत गरेको छ ।

गलत डकुमेन्ट राखेर अवास्तविक लागत निकाल्ने दोषीउपर छानबिन गर्नुपर्ने लेखाको ठहर छ । 

सरकारले मेसिन रिनेबल पासपोर्ट (एमआरपी), लाइसेन्स, राजस्वका स्टिकरलगायत सुरक्षण सामाग्री खरिदका लागि नेपालमा सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापान गर्ने निर्णय गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x