×

NMB BANK
NIC ASIA

पछिल्लो अद्यावधिक तथ्यांकअनुसार विश्वभरि १ सय २७ देशमा महामारीका रूपमा फैलिएको नोभल कोरोना भनिने कोभिड– १९ भाइरसको संक्रमणको चासो र चिन्ता नेपालमा बढिरहेको छ । 

Muktinath Bank

गत माघ १० गते चीनको वुहान क्षेत्रबाट नेपाल आएका एक व्यक्तिमा जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी उपचारपछि स्वस्थ भएर घर फर्किसकेका छन् । त्यसयता नेपालभित्र कसैमा पनि कोरोनाको संक्रमण देखिएको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसयता कोरोना संक्रमणको आशंकामा हालसम्म ४ सय ३२ वटा नमूना परीक्षण गरिएको तर सबै परीक्षण नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 


Advertisment
Nabil box
Kumari

बिहीवारमात्र कोरोनाको आशंकामा ६ जनालाई आइसोलेसनमा राखिएको थियो । 

Vianet communication
Laxmi Bank

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४ तथा पाटन अस्पतालमा थप २ जनालाई आइसोलेसनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका थिए । तर हालसम्म उनीहरूमा संक्रमण पुष्टि भएको छैन ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणको पुष्टि नभएपनि संक्रमण देखिएको खण्डमा भयावह अवस्था सिर्जना हुनसक्ने चिन्ता आम नागरिकमा छ ।

'विद्यालय बन्द गर्न ढिला भयो'

विद्यालयलगायत धेरै जमघट हुने स्थानहरूमा पर्याप्त सतर्कता नअपनाउँदा जोखिमको खतरा उच्च रहेको चिन्ता सरोकारवालाहरूको छ ।

 

जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र समीरले नेपालमा महामारी फैलिनुभन्दा अगाडि नै अपनाउनुपर्ने उच्च सतर्कता अपनाउन सरकार उदासीन बनेको आरोप लगाए । 

नेपालले चीन लगायत अन्य मुलुकबाट सिक्नुपर्ने भन्दै समीरले सरकारको तयारीमाथि प्रश्न उठाएका छन् । 

डाक्टर समीरले अन्तर्राष्ट्रिय विमानस्थल पूरै बन्द गर्नुपर्ने, स्कूल लगायत, सार्वजनिक यातायात पनि तत्काल बन्द गरेमात्र कोरोनाको सम्भावित जोखिमबाट मुक्ति पाइने लोकान्तरसँग बताए । 

'चीनमा अनुशासन छ, त्यहाँका जनताले सरकारले भनेको मान्छन्,' डाक्टर समीरले भने, 'यहाँ चाहिँ आइसोलेसनमा राखिएको बिरामी पनि भाग्छ । क्वारेन्टाइन या आइसोलेसनमा राखिएका बिरामीहरू उनीहरूको मर्जीले हिँड्न पाउने भन्ने हुँदैन । सरकारले यतातर्फ पनि ध्यान पुर्‍याउनुपर्छ ।'

डाक्टर समीरले कोरोना फैलिएपछि मात्र स्कूल बन्द गर्छौं भन्ने सरकारको भनाई अपरिपक्व रहेको आरोप लगाए । 'कोरोना देखियो भने स्कूल कलेज बन्द गर्छौं, पकेट एरिया लक गर्छौं भनिरहेको छ,' उनले भने, 'तर नेपालमा कोरोना भित्रिइहाल्यो भने उत्तिखेरै महामारीको रूपमा जताततै फैलिने जोखिम छ । युरोप अमेरिकाले त केही संक्रमितहरूको व्यवस्थापन गर्न सकेको छैन भने नेपालले के गर्ला ?'

डाक्टर समीरले नेपालमा तत्काल सातवटै प्रदेशमा १ हजारका दरले बिरामी राख्ने गरी तयारी थाल्नुपर्ने बताउँछन् । 'अहिले अस्पताल आ-आफ्नो हिसाबले प्याक छन्,' उनले भने, 'बाई चान्स एकैपटक ५ हजार जनालाई उपचार गर्नुपर्‍यो भने के हुन्छ ? सरकार अहिल्यैदेखि तयार भएर बस्नुपर्छ ।'

डेढ दशकदेखि शिक्षा बिटमा पत्रकारिता गर्दै आइरहेका नयाँ पत्रिका दैनिकका वरिष्ठ संवाददाता भवानीश्वर गौतमले विश्वस्वास्थ्य संगठनले नेपाल उच्च जोखिममा रहेको भन्नासाथ नै सरकारले स्कूल बन्द गर्ने निर्णय लिएको भए उपयुक्त हुने बताए ।

'विद्यार्थीको स्वास्थ्यभन्दा परीक्षा ठूलो हुन सक्दैन । विद्यार्थी स्वस्थ रह्यो र बाँच्यो भने परीक्षा त अलिकति पछि गर्दा पनि के फरक पर्छ र ?' गौतमले भने, 'तर विभिन्न स्वार्थी समूहहरूको दबाब र प्रभावले हुनसक्छ सरकारले विश्व स्वास्थ्य संगठनको चेतावनीलगत्तै स्कूल बन्द गर्ने निर्णय लिन सकेन ।'

उनले थपे, 'चैत ५ गतेदेखि विद्यालय बन्द गर्ने कुरा आइरहेको छ, त्यसका लागि अब केही दिनमात्र छ, तत्कालको परिस्थिति मूल्यांकन गरेर सरकारले अझै पनि उपयुक्त कदम चाल्नसक्छ ।'

नेपाल अविभावक महासंघका अध्यक्ष धर्मदत्त देवकोटाले पनि सरकारले विद्यालय तत्काल बन्द नगरेर गल्ती गरेको बताए ।

'सरकारले नै ५ गतेदेखि मात्र बन्द गर्नु भनेर उर्दी जारी गरेको छ । ५ गतेसम्म कोरोना नआउने र त्यसपछि मात्र आउने भन्ने त हुँदैन होला । संक्रमण फैलिएका विश्वका अरू देशहरूमा पनि विद्यालय बन्द गरिएको छ । सरकारले यसरी अपरिपक्व निर्णय लेला भन्ने सोचेका थिएनौं,' देवकोटाले भने ।

यता निजी तथा आवासीय विद्यालयहरूको संगठन प्याब्सनका अध्यक्ष टिकाराम पुरीले सरकारसँग सहमतिकै आधारमा चैत्र ५ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय लिएको बताए ।

'विश्वभर नै महामारी फैलिएको छ, नेपालमा उच्च सतर्कता अपनाउनकै लागि परीक्षा छिटो सकेर विद्यालय बन्द गर्ने निर्णय गरेका हौं,' पुरीले भने, 'हामीले आफ्ना मातहतका विद्यालयहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन जारी गरेका छौं ।'

उनले आफू मातहतका विद्यालयले आफ्ना विद्यार्थीहरूलाई भाइरससम्बन्धी जानकारी दिइरहेको बताए ।

सरोकारवालाहरूले यति धेरै चिन्ता व्यक्त गरिरहँदा पनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डे भने बालबालिकामा कोरोना भाइरस संक्रमणको जोखिम कम हुने बताउँछन् ।

'हामीले कोरोनाको विश्वभरको ट्रेन्ड हेरिरहेका छौं । स्कूले बालबालिका अझ त्यसमाथि १० वर्षभन्दा मुनिका बालबालिकाहरूमा मृत्युदर शून्य देखिएको छ । नेपालमा संक्रमण देखिइसकेको छैन, त्यसैले अहिले चलिरहेका परीक्षाहरू रोक्न खासै आवश्यक छैन । संक्रमण देखिएको अवस्थामा तत्कालै एक्सनमा जाने सरकारले तयारी गरिसकेको छ,' उनले भने ।

बालबालिकालाई कम जोखिम हुने भनेपनि उनीहरूसँगै परिवार पनि जोडिने भएकाले यसलाई हल्कारूपमा लिन नहुने सरोकारवालाहरू बताउँछन् ।

डाक्टर पाण्डेले सार्वजनिक यातायात लगायत भीडभाड हुने स्थानमा नागरिक आफैंले पनि आफ्नो सुरक्षा गर्नुपर्ने बताए ।

'यो अहिले तत्काल रोकेर सम्भव पनि छैन । तर मास्क लगाउने, नियमित हात धुने तथा अन्य सरसफाई गरिरहने, सकेसम्म भीडमा नजाने जस्ता कामहरू आम नागरिकको तहमा पनि हुन सक्छ । सम्भावित संक्रमणको जोखिमबाट बच्न स्थानीय, प्रदेश र संघ सरकारले सुरक्षाका विभिन्न उपायहरू अपनाउन आग्रह गरिरहेका छन् । अहिलेलाई तिनै सुरक्षाका उपायहरू अपनाए प्रभावकारी हुन सक्छ ।'

डाक्टर पाण्डेले अहिले मौसमी रुघाखोकीको समय पनि भएकाले रुघाखोकी र कोरोनाबीचको फरकबारे नागरिकहरूलाई जानकारी दिनुपर्ने बताए ।

'कोरोना संक्रमण भएपछि सुख्खा खोकी र सुख्खा रुघा लाग्ने देखिएको छ, जुन आम रुघाखोकीमा हुँदैन,' डाक्टर पाण्डेले भने, 'सबै रुघाखोकीका बिरामी कोभिड संक्रमित होइनन् । त्यसैले शंका लागेमा तत्काल परीक्षणका लागि स्वास्थ्य संस्थामा जानुपर्छ ।'

कोरोनाबारे सर्वसाधारणलाई जानकारी दिन हटलाइन सेवा शुरू गरिएको उनले बताए । कोरोना भाइरसबारे जानकारी दिने उद्देश्यले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले शुक्रवारदेखि निशुल्क हटलाइन टेलिफोन सेवा शुरू गेरको हो ।

'आजबाट हटलाइन शुरू गरिएको छ, जो कोहीलाई पनि कोभिड १९ को आशंका लाग्छ, उक्त हटलाइनमा फोन गरेर जानकारी लिन सकिन्छ,' पाण्डेले लोकान्तरसँग भने, '१११५ नम्बरको टेलिफोन आजबाट खुला भएको छ ।'

हटलाइनमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सकले रोगका लक्षण, बच्ने उपायका साथै अस्पतालले दिने सेवाका बारेमा सर्वसाधारणलाई जानकारी गराउनेछन् ।

सरकारको ३ रणनीति

कोरोनाको सम्भावित संक्रमणबाट नेपाललाई मुक्त राख्न सरकारले ३ रणनीति अपनाएको छ ।

एक साताअघि पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पहिलो चरणमा संक्रमणलाई बाह्य देशबाट नेपाल आउनै नदिने गरेर काम गर्ने, दोस्रो चरणमा नेपालमा संक्रमण भेटियो भने सम्पूर्ण शक्ति र स्रोत संक्रमणको विरुद्धमा प्रयोग गर्ने र यदि महामारीको रूपमा संक्रमण फैलिइहाल्यो भने स्वास्थ्य संकटकाल घोषणा गरेर त्यहीअनुसार अघि बढ्ने । 

अहिलेसम्म नेपालमा कोरोनाको टेस्टेड केस नदेखिएकाले सरकारले पहिलो चरणमै काम गरिरहेको छ । साथसाथै पूर्वतयारीका रूपमा सबै प्रदेशमा आइसोलेसन वार्डसहितको आईसीयू स्थापना गर्ने काम अघि बढिरहेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताएका छन् । 

बुधवार कोरोना संक्रमण रोकथामको तयारी र रणनीतिबारे छलफल गर्न सरकारले सर्वदलीय बैठकसमेत बोलाएको थियो । 

बैठकमा नेपाल सरकारले संक्रमणविरुद्धमा उच्च सतर्कता अपनाउँदै अख्तियार गरेका चार रणनीति र सो अन्तर्गत सञ्चालित, सम्पादित क्रियाकलापसहितको विस्तृत कार्ययोजनाका बारेमा छलफल भएको थियो ।

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिले सरकारले आम नागरिकहरूलाई विश्वसनीय ढंगबाट स्वास्थ्यसेवा प्रवाह गर्ने, संक्रमणलाई प्रवेश हुन नदिने व्यवस्था मिलाउने, नागरिकहरूमा सचेतना वृद्धि गर्ने, निगरानी र क्वारेन्टाइनको स्थितिलाई अझै सुदृढ तुल्याउने, बिरामीको उपचार तथा व्यवस्थापनलाई प्रभावकारी तुल्याउने जस्ता रणनीति अख्तियार गरेको जानकारी दिइएको थियो ।

सर्वदलीय बैठकमा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूले कोरोनाविरुद्ध लड्न एकजुट भएर अघि बढ्ने प्रतिबद्धता देखाएका थिए ।

बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले हवाइमार्गबाट विदेशबाट आउने सबै यात्रुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनुपर्ने, स्थलमार्गबाट नेपाल आउने सबै नाकामा हेल्थ डेस्क राख्नुपर्ने, निजी अस्पतालसँग समन्वय गरेर आईसीयूको संख्या बढाउनुपर्ने, सबै प्रादेशिक अस्पतालमा आइसोलेसन वार्डको व्यवस्था गर्नुपर्ने सुझाव दिएको बताए ।

पोखरेल संयोजक रहेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बिहीवारको बैठकले केही महत्त्वपूर्ण निर्णय गरेको छ । समितिले यही वैशाख १८ गतेसम्म नेपाल आउने सबै विदेशीहरूलाई अनअराइभल भिसा नदिने, शनिवारपछि नेपाल भित्रिएका सबै विदेशीहरू सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने, कामदारका रूपमा विदेश जान आवश्यक पर्ने श्रमस्वीकृति तत्कालका लागि बन्द गर्ने, सातै प्रदेशमा आईसीयूसहितका पूर्वाधारहरू तत्काल बनाउने प्रक्रियामा जाने जस्ता महत्त्वपूर्ण निर्णय गरेको हो ।

यससँगै विदेशबाट आउनेहरूबाट कोरोना संक्रमण नेपाल नभित्रिनेमा सरकार आश्वस्त रहेको देखिएको छ । बैठकपछि भारतसँग जोडिएका सीमा खास-खास नाकामा व्यवस्थित रूपमा आउजाउ गर्न गृह र परराष्ट्र मन्त्रालयले मिलेर काम गर्ने प्रवक्ता खतिवडाले बताए । चीनतिरका नाकाहरू यसअघि नै बन्द गरिएका छन् ।

समितिले तत्कालै विद्यालय बन्द गर्नुनपर्ने निष्कर्ष निकालेको छ । 'नेपालमा यसको संक्रमण नदेखिएकाले पठनपाठन अहिल्यै अवरुद्ध गर्नुपर्ने देखिएको छैन,' बैठकपछि सञ्चारकर्मीहरूलाई आश्वस्त पार्दै खतिवडाले भने, 'संक्रमणको जोखिम बढ्यो भने यस विषयमा निर्णय गर्न सक्छौं ।' 

समस्या आइहाले तत्कालै एक्सनमा जान कुनै गाह्रो नभएको खतिवडाको भनाइ छ ।

आश्वस्त हुन आग्रह 

स्वास्थ्य राज्यमन्त्री नवराज रावतले सबै नागरिकलाई सरकारले गरेको पूर्वतयारीप्रति सबै नागरिकहरूलाई आश्वस्त हुन आग्रह गरेका छन् । 

शुक्रवार लोकान्तरसँग कुरा गर्दै रावतले भने, 'सरकार कोरोनासँग लड्न हरेक हिसाबले तयार छ, सबै नागरिकहरू आश्वस्त हुन म आग्रह गर्छु ।'

रावतले कोरोनाका बारेमा गलत अफवाह फैलिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न मिडियाको ठूलो भूमिका हुने बताए । 'अहिले सरकारले कोरोना लुकाएको भन्ने बाहिर अफवाह फैलिरहेको छ,' रावतले भने, 'सयौंको परीक्षण भएको छ, भेटिएको एकजना संक्रमणमुक्त भइसकेका छन् । सरकारले लुकाएर लुक्ने चीज पनि होइन, यतिबेला सबै संयमित हुन र अफवाहको विश्वास नगर्न आवश्यक छ ।'

रावतले सरकारले कोरोनाको संक्रमण नेपाल भित्रिन नदिन सबै कामहरू भइरहेको बताए । 'हामीले समन्वय समितिको तर्फबाट महत्त्वपूर्ण निर्णय गरेका छौं,' राज्यमन्त्री रावतले भने, 'अनअराइभल भिसा बन्द गरिएको छ, श्रम स्वीकृति बन्द गरिएको छ, विदेशबाट आउनेहरूलाई हेल्थ सर्टिफिकेट ल्याउन भनेका छौं, जहाजबाट ल्यान्ड हुनेबित्तिकै हेल्थ डेस्कले स्वास्थ्य परीक्षण गर्ने गरेको छ । भारतसँगको सीमा नाकाहरू व्यवस्थित गरिरहेका छौं ।'
उनले सरकारले तय गरेको पहिलो रणनीति सफल भएको दाबी गरे । 

'कोरोना संक्रमण नेपाल भित्रिन नदिने पहिलो रणनीति हाम्रो सफल भएको छ । संक्रमण देखिइहालेमा के गर्ने भन्ने पनि हामी ठूलै पूर्वतयारी गरिरहेका छौँ । देखियो भने सरकारका सम्पूर्ण संयन्त्रहरू त्यसमा केन्द्रित गर्ने हामीले तयारी गरिरहेका छौं,' रावतले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x