कोरोनाको परवाह छैन न्यूजिल्याण्ड क्रिकेटलाई, आइपीएल खेल्ने अधिकार खेलाडीमाथि

न्यूजिल्याण्ड क्रिकेट टीमलाई विश्वमै महामारीको रूपमा फैलिरहेको कोरोना भनिने कोभिड १९ को संक्रमणको कुनै परवाह छैन ।

शुक्रवार न्यूजिल्याण्ड क्रिकेट अधिकारीहरूले आइपीएल २०२० खेल्ने नखेल्ने अधिकार खेलाडीहरूमाथि छोडेका छन् ।


Advertisement

न्यूजिल्याण्ड क्रिकेटले एक वक्तव्य जारी गर्दै भनेको छ, ‘हाम्रो स्थिति बदलिएको छैन । हामीले आफ्ना खेलाडीहरूलाई विश्व स्वास्थ्य संगठनद्वारा दिइएका सुझावहरूका बारेमा बताइरहेका छौं ।

यसैले यो फैसला खेलाडीहरूमाथि छोड्न चाहन्छौं ।’


Advertisement

आइपीएल यही २९ मार्चमा हुने भनिएकोमा १५ अप्रिलबाट शुरू हुने नयाँ मिति सार्वजनिक गरिएको छ । यसको पुष्टि बीसीसीआईले गरिसकेको छ ।

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्