कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
पश्चिम नेपाल बस व्यवसायी प्रालिले आफूमातहत रहेका विभिन्न स्थानका टिकट काउन्टरमा यात्रुको तापक्रम मापन गरेर मात्र टिकट काट्ने भएको छ ।
पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा नफैलियोस् भनी सरकारले विभिन्न सतर्कता अपनाइरहँदा सार्वजनिक यातायातलाई सुरक्षित बनाउँदै संक्रमित व्यक्तिको पहिचान गर्न समेत सहयोग होस् भनी तापक्रम मापन गर्ने व्यवस्था गरिएको प्रालिले जनाएको छ ।
प्रालिले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूमातहत सेवा सञ्चालनमा रहेका सडक खण्डहरूमा टिकट बूकिङ काउन्टरहरू बेलहिया, भैरहवा, बुटवल, तौलिहवा, कृष्णनगर, परासी, महेशपुर, तानसेन, तम्घास र सन्धिखर्कमा आफ्नै लगानीमा उपकरणबाट यात्रुहरूको तापक्रम मापन गर्ने व्यवस्था गरेको जानकारी दिएको हो ।
प्रालिका अध्यक्ष दधिराम खरेलले कोरोना भाइरसको संक्रमणको त्रासका कारण सरकारले बढी भीडभाड हुने कार्यक्रम नगर्न र भीडभाडमा नजान आग्रह गरिरहँदा यसको प्रभाव यातायात क्षेत्रमा समेत पर्ने भएकाले यात्रुहरूको सुरक्षाका लागि तापक्रम मापन गरेर मात्र टिकट काट्ने व्यवस्था गरिएको जानकारी दिए ।
अध्यक्ष खरेलले सबै काउन्टरमा उपकरण ल्याइएको र आफ्नै कर्मचारीमार्फत तापक्रम मापन गरी उनिहरूको अवस्था जानकारी गराउने व्यवस्था गरिएको जानकारी दिए ।
एकजना संक्रमितबाट सवारी साधनमा रहेका अन्य यात्रुहरूको समेत स्वास्थ्य जोखिममा रहने भएकाले आफूहरूले सतर्कता अपनाएको उनको भनाइ थियो ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...