×

NMB BANK
NIC ASIA

भर्खर शल्यक्रिया गरेपनि भिडियो कन्फरेन्समा जोडिएको भन्दै मोदीले गरे ओलीको प्रशंसा

चैत २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी केपी शर्मा ओलीलाई विशेष बधाइ दिएका छन् । भर्खर शल्यक्रियाबाट आएको भन्दै मोदीले आइतवार साँझ सार्क सदस्य राष्ट्रका सरकारप्रमुखहरूको भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीलाई विशेष बधाइ दिएका हुन् ।

Muktinath Bank

'छोटो समयमा भएपनि यो विशेष अन्तरक्रियामा जुट्नुभएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु,' मोदीले आफ्नो वक्तव्यको शुरुमै भनेका छन्, 'हाम्रो मित्र नेपालका प्रधानमन्त्री ओलीलाई विशेष धन्यवाद दिन चाहन्छु, उहाँले मिर्गौला प्रत्यारोपणको शल्यक्रिया लगत्तै यहाँ जोडिन आउनुभयो ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोदीले सार्क क्षेत्रमा जम्मा १ सय ५० कोरोना संक्रमणको केस भएको भन्दै सबै देश सतर्क हुनुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

उनले त्रासमा रहनु भन्दा तयारी थाल्नु ठूलो कुरा भएको बताए । 'तयार रहनुहोस्, तर नडराउनुहोस् यो हाम्रो मार्गदर्शक मन्त्र हो,' मोदीले भने ।

Vianet communication
Laxmi Bank

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भनिने कोभिड– १९ को सङ्क्रमण फैलिन नदिन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य मुलुकका सरकार प्रमुखबीच आइतवार साँझ भिडियो कन्फरेन्स शुरू भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को संक्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औंल्याई गत फागुन ३० गते गरेको ट्वीटको स्वागत गर्दै नेपालका प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीसहित सदस्य मुलुकका नेताहरू कन्फरेन्समा सहभागी भएका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x