बजाजको नयाँ शोरुम प्यूठानमा उद्घाटन

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले प्यूठानमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘न्यू विज्ञान सप्लायर्स’को उद्घाटन गरेको छ ।

अझ बढी सुविधासम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम संचालनमा ल्याएको हो । यस उद्देश्यलाई सार्थक बनाउन न्यू विज्ञान सप्लायर्स, प्यूठानका प्रोपराइटर सुशील कर्माचार्यलाई डिलरसीप प्रदान गरिएको छ ।


Advertisement

ग्राहकलाई खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न प्रतिबद्धताका साथ बजाजले गुणस्तरीय र छिटो सुविधा सुनिश्चित गरिरहेको कम्पनीले जनाएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । 

नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले भने, ‘हामी प्यूठानमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रशन्न छौं । हाम्रा ग्राहकहरू निरन्तर वृद्धि भइरहनुभएको छ र उहाँहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । प्यूठानमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौं कि यसले ग्राहकहरूको जीवन सहज बनाउनुका साथै उनीहरूले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।’


Advertisement

शोरुम उद्घाटनको अवसरमा ग्राहकलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्