मेगा बैंकबाट धरानमा महिला उद्यमीलाई प्रशिक्षण

मेगा बैंक नेपाल लिमिटेडले धरानमा महिला उद्यमीलाई वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशील कर्जा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । 

साना तथा मझौला उद्यमी महासंघसँग आबद्ध महिला उद्यमीलाई बैंकले सुनसरीको धरानमा वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशील कर्जाबारे प्रशिक्षण कार्यक्रम गरेको हो ।


Advertisement

सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत बैंकले आयोजना गरेको कार्यक्रममा महिला उद्यमीलाई बचत, बैंकिङ कर्जा, व्यावसायिक सफलतामा बैंकको महत्त्वका साथै मेगा बैंकले प्रदान गर्दै आएका विभिन्न सेवा सुविधाबारे माइक्रो बैंकिङ विभागका प्रमुख पुण्य खनिया, मेगा बैंक प्रदेश नम्बर १ प्रमुख विवेकबन्धु न्यौपाने, मेगा बैंक धरान शाखाका प्रबन्धक सविन श्रेष्ठले लगायतले प्रशिक्षण दिएका थिए ।

मेगा बैंकले विशेष प्राथमिकता दिएको ब्याज अनुदान महिला उद्यमशील कर्जाबारे महिला उद्यमीले निकै चासो लिएका थिए । महिला उद्यमीलाई अत्यन्तै आकर्षक रहेको यस कर्जामा सेवा शुल्क मिनाहा गरिएको छ भने ६ प्रतिशत ब्याज अनुदानको व्यवस्था गरिएको छ ।


Advertisement

यसैगरी आधार दरमा थप २ प्रतिशत मात्रै व्याजदर तिरे पुग्ने हुँदा महिला उद्यमीहरू यस कर्जाप्रति आकर्षित भएका मेगा बैंकका माइक्रो बैंकिङ प्रमुख खनियाले बताए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्