चैत २, २०८०
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने जहाजबाट ओर्लिने यात्रुलाई पहिला भेट्ने प्रहरी नै हो ।
लगेजलाई सुरक्षा दिएर यात्रुसमक्ष सकुशल पुर्यान मद्दत पनि प्रहरीले नै गरिरहेका छन् ।
विमानस्थलमा एयरपोर्टमा कार्यरत प्रहरीबाहेक, लागूऔषध ब्यूरो टोली, विशेष ब्यूरोको टोली र अन्य १७ वटा एजेन्सीहरूले काम गर्दै आएका छन् ।
तर विमास्थलमा प्रत्यक्ष रूपमा भीडभाडमा जोडिने प्रहरीलाई भने कोरोना भाइरस (कोभिड–१९) बाट जोगिनका लागि गतिलो मास्क (मुखावरण) सम्म छैन ।
विमानस्थमा खटिने कतिपय प्रहरीले मास्क लगाएको देखिँदैन, भने स्यानिटाइजर त कतै पनि छैन ।
दैनिक १८/१९ घण्टासम्म खटिने प्रहरीलाई अहिलेसम्म गतिलो मास्क व्यवस्था गरिएको छैन । कतिपय प्रहरीले समान्य मास्क त लगाएका छन्, तर त्यसले कोरोनाको संक्रमणबाट जोगाउँछ भन्ने विश्वस्त नभएको विमानस्थलमा कार्यरत एक प्रहरी अधिकृतले बताए ।
‘यति लामो ड्यूटी गर्दा हामीलाई कसैले मास्क दिएको छैन सामान्य कपडाको मास्कले कोरोना छेक्छ र ? विमानस्थलमा कार्यरत अधिकृत तहका प्रहरी कर्मचारीले त महंगोमा मास्क किनेर ल्याउन सक्लान्, तर तल्लो दर्जाका जवानले कहाँबाट ल्याउने ?’ ती प्रहरी अधिकृतले लोकान्तरसँग गुनासो पोखे ।
विमानस्थलमा ३ सय ७ प्रहरीको दरबन्दी भएपनि अहिले ३ सय ५० प्रहरी कर्मचारी विमानस्थल प्रहरीको मतहतमा कार्यरत छन् ।
‘प्रत्येक दिन सर्जिकल मास्क फेर्नुपर्छ एउटा मास्क २४ घण्टा भन्दा धेरै प्रयोग गर्न मिल्दैन, बजारमा मास्क पनि पाइँदैन, हामीले दिनकै कसरी ल्याउने ?’ विमानस्थलमा कार्यरत प्रहरी जवानले लोकान्तरसँग भने, ‘दिनकै मास्क फेर्नुपर्छ भन्छन्, बजारमा मास्क पाइँदैन, कहाँबाट किनेर ल्याउने ? कपडाको मास्क दिनकै धुन पनि भ्याइँदैन ।’
‘एयरपोर्टमा सामान्य स्यानिटाइजर पनि छैन । अवातजावत गर्ने यात्रुलाई यताउता जानका लागि सहयोग गर्नुपर्छ, नजिक जानुपर्छ, त्यसपछि प्रयोग गर्ने स्यानिटाइजर र हातधुने व्यवस्था पनि छैन,’ एक महिला प्रहरीले लोकान्तरसँग भनिन् ।
'एन ९५' मास्क बाँड्दै छौं : मेट्रो प्रमुख
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने प्रहरी कर्मचारीलाई कोरोनाको संक्रमणबाट जोगिनका लागि विषेश खालको ‘एन ९५’ मास्क वितरण गर्न लागेको महानगरीय प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।
‘विमानस्थलका प्रहरी कर्मचारीलाई मध्यनजर गरेर विशेष खालको एन ९५ मास्क वितरण गर्दैछौं,’ पोखरेलले लोकान्तरसँग भने ।
प्रशिक्षणहरू सारेका छौं : प्रहरी प्रवक्ता
कोरोनाको संक्रमणलाई मध्यनजर गरेर प्रहरीमा हुने प्रशिक्षण कार्यक्रमहरू पछाडि सरेका छन् भने आवासीय प्रशिक्षणमा घर जाने प्रहरीलाई घर जान बन्द गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेश थापा क्षेत्रीले बताए ।
‘हामीले प्रशिक्षण कार्यक्रमहरू पोस्टपन्ड गरेका छौं भने रेसिडेन्सियल प्रशिक्षणमा आउटिङ बन्द गरेका छौं,’ प्रवक्ता थापा क्षेत्रीले लोकान्तरसँग भने ।
कोरोनाको संक्रमण भइहालेका बिरामी राख्नका लागि नेपाल प्रहरी अस्पतालले १ वार्डमा ४ वटा बेडको आइसोलेसन सेन्टर बनाएको छ ।
यस्तै देशभरका ३१ वटा जिल्लामा ६८ वटा ‘हेल्थ डेक्स’ स्थापना गरेको प्रवक्ता थापा क्षेत्रीले बताए । उनले लोकान्तरसँग भने, ‘३१ वटा जिल्लामा व्यक्तिगत सुरक्षा अपनाएर ६८ वटा हेल्थ डेस्क स्थापना भएका छन् ।’
प्रहरीसँग उपलब्ध भएको उपकरण र औषधिजन्य सामग्रीबाट सक्दो परिक्षण गरिरहेको छ ।
व्यक्तिगत सुरक्षालाई मध्यनजर गरेर सचेतना अभियान चलाइएको र भीडभाड हुने क्षेत्रमा कार्यक्रमहरू नगर्न निर्देशन दिएको थापा क्षेत्रीले बताए ।
नेपाल प्रहरीले मातहतका सबै कार्यलयलाई कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि मास्कको प्रयोग गर्न, राम्रोसँग साबुनले हात हुन र स्यानिटाइजरको प्रयोग गर्न निर्देशन दिएको थियो ।
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...