कोरोनाका कारण बाहिर निस्किन नपाएपछि कैट्रिनाले घरमै गरिन् जीम !

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको त्रासका कारण भारतीय अभिनेत्री कैट्रिना कैफले घरमै जीम शुरू गरेकी छिन् ।

भारतले जीम, स्कूल, सपिङ मल जस्ता भीडभाड हुने क्षेत्रलाई बन्द गर्ने घोषणा गरेपछि बलिउडका कतिपय अभिनेता अभिनेत्रीहरू घरमै बसेर आफ्ना दैनिक कामकाज गर्ने गरेका हुन् ।


Advertisement

अभिनेत्री कैट्रिना कैफले आफ्नो इन्स्टाग्राममा आफूले जीममा वर्कआउट गरेको भिडियो सार्वजनिक गेरकी छन् ।

कैट्रिनाको सूर्यवंशी चलचित्र रिलिजको मिति कोरोनाकै कारण टरेको छ । यही मार्चमा रिलिज गर्ने तयारीमा राखिएको उक्त फिल्म कोरोनाकै कारणले अनिश्चितकालका लागि रोकिएको हो ।


Advertisement

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्