कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाल सरकारको अनुमति विना भारतको हरियाणाका ४ जना प्रहरी सुरक्षा पोशाकसहित मंगलवार जिल्ला प्रहरी कार्यालय दैलेखमा पुगेका छन् ।
हरियाणामा काम गर्ने दैलेखको नारायण नगरपालिका–१ घर भएका एक व्यक्तिको ठेगाना पत्ता लगाउँदै जिल्ला प्रहरी कार्यालय परिसरमा पोशाकसहित भारतीय प्रहरी छिरेपछि नेपाली सुरक्षा निकायको लापरवाही छरपस्ट भएको छ ।
कर्णाली प्रदेश अन्तर्गत भेरीगंगा नगरपालिकाको बबईदेखि दैलेख सदरमुकाम नारायण नगरपालिका–१ पुग्न १२ वटा प्रहरीको चेकपोस्ट पार गर्नुपर्छ । भारतीय प्रहरी पोशाकसहित दैलेख पुग्न सुर्खेतको बबई, हर्रे, छिन्चु, सुब्बाकुना, पिपिराचोक, मंगलगढी चोक, कपासे, छेडा, दैलेखको रातानांग्ला, डुंगेश्वर, चुप्रा, दैलेख बजार चेकपोस्ट पार गर्नुपर्ने हुन्छ ।
बबईदेखि दैलेख सदरमुकामसम्म करीब ११० किलोमिटरभित्र भारतीय प्रहरी पोशाकसहित कसरी निर्बाध रुपमा हिँडडुल गर्न सके भन्ने प्रश्न जन्मिएको छ । कर्णाली प्रदेश छिर्नुअघि समेत भारतीय सीमासँग जोडिएको ५ नम्बर प्रदेशमा समेत सुरक्षा चेकजाँच हुने गरेको छ ।
‘भारतीय प्रहरीहरू बजारको मानसरोवर होटलमा बसेका रहेछन् । ड्रेसमा आएपछि मात्रै हामीले थाहा पाएका हौं,’ दैलेख प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) नैनबहादुर साउँदले भने, ‘दैलेखका १ जनाले भारतमा काम गरिरहेको घरको परिवारका सदस्यलाई विष खुवाएर २५ लाख जति लिएर भागेको रहेछ । उसको ठेगाना फरक–फरक भएपछि ठेगाना कन्फर्म गर्न उनीहरू यहाँ आएका रहेछन् ।’
प्रहरी कार्यालयमा आएका प्रहरी नायब निरीक्षक (सई) विजय विवेकको कमान्डमा हवल्दार परविन कुमार र सिपाही भुपेन्द्र सिंहले माफी मागेको प्रहरी निरीक्षक साउँदले बताए । ‘यहाँ पोशाक लगाएर आउन हुँदैनथ्यो, हामीले किन आएको भनेर सोधेपछि उनीहरूले प्रहरी कार्यालय जाँदा लगाउनुपर्छ होला भन्ने लागेर लगाएको भन्नुभयो,’ साउँदले भने, ‘हामीले यसो गर्न मिल्दैन भनेपछि तुरुन्तै माफी मागेका छन् ।’
प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकनाथ तिमिल्सेनाले भारतीय प्रहरी कहिले आएका हुन् भन्ने जानकारी नभएको बताए । ‘उनीहरूले काँकडभिट्टा नाकाबाट नेपाल आएको भनेर भनेका थिए । उनीहरू नेपाली गाडी नै प्रयोग गरेर आएका कारण थाहा भएन,’ उनले भने, ‘गाडी दर्ता प्रणाली नभएका कारण उनीहरू कुन गाडीमा आए, कहिले आएका हुन् भन्नेबारे थाहा हुन सकेन ।’
डीएसपी तिमिल्सेनाले चेकपोस्टमा आउने हरेक व्यक्तिको अनुहार हेरेर सोध्न नसकिने बताए । ‘तराईतिरका नागरिक होलान् भन्ने ठानेर चेकपोस्टमा त्यति कडाइ नभएको होला,’ उनले भने ।
प्रहरी प्रधान कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापाले दैलेखमा भारतीय प्रहरी आएको स्वीकार गरे । ‘दैलेखमा प्रहरी आएको साँचो हो । उनीहरू अनुमति विनै दैलेख पुगेका हुन्,’ उनले भने, ‘अहिले स्थानीय प्रशासन, जिल्ला प्रहरी कार्यालय लगायतले छानबिन गरिरहेको छ, थप जानकारी पछि आउने छ ।’
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...