×

NMB BANK
NIC ASIA

बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर बाँड्ने निर्णय गरेको छ ।

Muktinath Bank

बैंक सञ्चालक समितिको चैत १ गते बसेको वैठकले आर्थिक वर्ष ०७५/७६ को वितरणयोग्य मुनाफाबाट १५ प्रतिशत बोनस शेयर बाँड्ने निर्णय गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात आउंदो साधारणसभाबाट पारित गरेर बोनस शेयर वितरण गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । ३९ करोड ३४ लाख रुपैयाँ मुनाफा बराबरको १५ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३ अर्ब १ करोड हुनेछ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ छ ।


Advertisment
Nabil box
Kumari

स्थापना हुँदाको ६ करोडबाट बैंकले ११ वर्षको अवधिमा ५० गुणाले चुक्ता पुँजी बृद्धि गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिए । देशभरका करीब २ दर्जन विकास बैंकमध्ये पुस मसान्तसम्मको विवरणमा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा नाफा शाइन रेसुंगा पाँचौं स्थानमा रहेको छ । बैंकले हाल २७ अर्ब ६५ करोड निक्षेप संकलन र २४ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको र कूल कर्जामध्ये पुस मसान्तसम्म उत्पादनशील क्षेत्रमा २६.२७ प्रतिशत र कृषि लगायत ब्याज अनुदानमा आधारित कर्जा १५.३० प्रतिशत लगानी गरेको बैंकका नायब महाप्रबन्धक सार्जन भट्टराईले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

२०६५ फागुनमा ३ जिल्ला कार्यक्षेत्र रहने गरी बुटवलमा स्थापना भएको शाइन डेभलपमेन्ट बैंक र २०६४ असोजमा गुल्मी जिल्ला कार्यक्षेत्र बनाई स्थापना भएको रेसुङ्गा विकास बैंक २०६९ सालमा मर्ज भई १० जिल्ला कार्यक्षेत्रसहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको र शाइन रेसुंगाले प्यूठान कार्यक्षेत्र रहेको गौमुखी विकास बैंकलाई २०७३ जेठमा गाभेको थियो ।

गत वर्ष मात्रै ३ जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा विकास बैंक र पांच जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी गत असोजबाट एकीकृत कारोबार शुरू गरेको थियो । बैंकको अहिले प्रदेश ५ का १० जिल्ला (रोल्पा र रुकुम वाहेक) तथा प्रदेश  ३ को चितवन र गण्डकी प्रदेशको बागलुङ गरी १२ जिल्लामा ७० वटा शाखा कार्यालय सञ्चालन गरिरहेको र बैंकको ग्राहक संख्या ४ लाखभन्दा बढी पुगेका बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थीले जानकारी दिए । बैंकले निकट भविष्यमै संघीय राजधानी काठमाडौंसहित अन्य प्रदेशका मुख्य शहरमा शाखा कार्यालय स्थापना गर्ने तयारी गरिरहेको छ ।

राष्ट्रियस्तरमा स्तरोन्नति भएपनि बैंकले प्रदेश ५ लाई नै मुख्य आधार/केन्द्र बनाएर देशव्यापी शाखा विस्तार गर्ने र राष्ट्रकै अग्रणी विकास बैंक बन्ने लक्ष्यमा रहेको प्रमुख कार्यकारी अधिकृत पौडेल बताउँछन् । शुरूदेखि नै इथिकल बैंकिङ, संस्थागत सुशासन र आन्तरिक नियन्त्रणलाई पारदर्शितालाई अँगालेर अघि बढेकाले फरक फरक भूगोलका ५ वटा बैंकको मर्जर सफल भएर झनै बलियो र विश्वासिलो बैंकको रुपमा अघि बढेको पौडेलले स्पष्ट पारे । हाल प्रदेश ५ मा मात्रै बैंकका ६८ वटा शाखा कार्यालय छन् ।

प्रदेश ५ मा शाखा रहेका समग्र बैंकमध्ये सबैभन्दा धेरै शाखा कार्यालय र आर्थिक कारोबार हुने बैंक पनि शाइन रेसुंगा नै हो । कूल नाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा खर्च गर्नुपर्ने राष्ट्र बैंकको नीति अनुसार शिक्षा, स्वास्थ्य, सरसफाई, दुर्घटना न्यूनिकरण र बित्तीय साक्षरता बृद्धिका लागि पनि काम गर्दै आएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पुश्करराज जोशीले बताए ।

बैंकले केन्द्रीय कार्यालयको नयाँ पाँचतले भवन बुटवल–११ कालिकानगरमा निर्माणको अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x