२ नम्बर प्रदेशले राजधानी पनि टुंगो लगाउन सकेन, ‘जनकपुरधाम’ अस्वीकृत

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

प्रदेश नम्बर २ को प्रदेश सभामा भएको मतदानले जनकपुरधामलाई राजधानी बनाउने प्रस्ताव विफल भएको छ ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने चारवटै दलहरूको साझा प्रस्तावका रूपमा जनकपुरधामलाई अघि सारिएको थियो ।


Advertisement

सरकारमा रहेका समाजवादी र राष्ट्रिय जनता पार्टीका साथै नेकपा र कांग्रेस चारवटै दलका तर्फबाट प्रस्ताव गरिएको जनकपुरधामलाई मतदान गर्ने प्रदेश सांसदहरूले विफल तुल्याइदिएका हुन् ।

मंगलवार राति अबेर भएको मतदानमा जनकपुरधामको पक्षमा ५२, विपक्षमा पनि ५२ र ३ मत बदर भएको छ । प्रस्ताव पारित हुनका लागि जम्मा ७२ मत आवश्यक थियो ।


Advertisement

आजै भएको विभिन्न चरणको मतदानमा प्रदेश सभाले प्रदेश नम्बर २ का लागि प्रस्तावित सबै नामहरू समेत अस्वीकृत गरेको थियो ।

यससँगै तत्कालका लागि प्रदेशको नाम प्रदेश नम्बर दुई र अस्थायी राजधानी जनकपुरधाम नै हुनेछ ।

 

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्