×

NMB BANK
NIC ASIA

कोरोनाको त्रास

कोरोना परीक्षण गर्ने नेपालको एकमात्र अस्पताल टेकुमा कस्तो छ चहलपहल ? [भिडियो रिपोर्ट]

चैत ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

उदयपुरकी विष्णु अधिकारी कतार एयरलाइन्सबाट कतार हुँदै साइप्रस पुगिन् । त्रिभुवन विमानस्थल र कतारको ट्राञ्जिटमा उनलाई कुनै रोकतोक भएन, साइप्रस पुगेपछि भने उनलाई विमानस्थलमै रोकियो ।

Sagarmatha Cement
Muktinath Bank

उनी कतारमा लगभग ५ घण्टाको ट्रान्जिटपछि साइप्रस पुगेकी थिइन्, साइप्रसले उनलाई कोरोना नलागेको मेडिकल सर्टिफिकेट ल्याएपछि मात्र विमानस्थलबाट बाहिर निस्किन दिने भन्दै फिर्ता पठायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

७ वर्षदेखि साइप्रस बस्दै आएकी अधिकारी २२ दिनको बिदामा नेपाल आएकी थिइन् । क्यारेन्टाइनमा बस्छुभन्दा पनि उनलाई साइप्रस प्रवेश गर्न दिइएन । 


Advertisment
Nabil box
Kumari

नेपालबाट विदेश जाँदा नेपालको सरकारी निकाय तथा विमानस्थलमा कुन देशमा जान पाइन्छ, कुनमा पाइँदैन भन्ने कुरा स्पष्ट रूपमा नबताइदिँदा समस्या भएको उनको गुनासो छ ।

Vianet communication
Laxmi Bank

‘नेपालमा कुनै राम्रो सूचना प्रवाह भएको भए हामीजस्ता विदेश जानेले दुःख पाउने थिएनन् नि ?’ अधिकारीले लोकान्तसँग भनिन्, ‘न नेपालमा कसैले भन्यो, न त लैजाने एयरलाइन्सले नै ।’

साइप्रसबाट फर्काइएपछि उनी कोरोना भाइरस (कोभिड–१९) नलागेको मेडिकल सर्टिफिकेट लिन शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा आइन् ।

सरकारी काम ढिला हुने अनुमानमा उनले आफन्तलाई पहिले नै लाइनमा बस्न भनेकी थिइन्, तर उनको अनुमान गलत साबित भयो । भीडभाड नभएकाले सबै काम एक घण्टाभित्रै सकियो ।

लोकान्तरकर्मी मंगलवार शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकु पुग्दा बिरामीहरूको चाप निकै कम थियो ।

कोरोनाको संक्रमण विश्वभरी फैलिरहेको अवस्थामा नेपालको सरकारीमध्येको एक मात्र सरूवा रोग अस्पतालमा उपचारका लागि जाने बिरामीको संख्यामा कमी आएको हो । 

सरूवा रोग अस्पतालका अधिकांश बेडहरू खाली देखिन्थे । अस्पतालको प्रायःजसो वार्डमा बिरामी फाट्टफुट्ट देखिन्थे ।

‘पहिलाभन्दा अहिले बिरामीको चाप कम छ । कोरोनाको संक्रमण फैलिएको सुनेपछि त अझ कम भए, बिरामीलाई औषधि खुवाइरहेकी एक स्टाफ नर्सले लोकान्तरकर्मीसँग भनिन् ।

अस्पतालको भुँइतलाको बेड नम्बर ४, ५, १०, १३, २५, २७, २८, ३५, ३६, ३७ लगायतका धेरैजसो बेड खाली थिए ।

टिकट काट्ने ठाउँमा पनि मानिसहरूको ठूलो लाइन देखिएन । 

दिनकैजसो स्वास्थ्य परीक्षणका लागि मानिसहरू लिएर आउने एक म्यानपावरका कर्मचारीले विक्रम (नाम परिर्वन)का अनुसार २/३ हप्ता अगाडि टेकु अस्पतालमा निकै भीडभाड हुन्थ्यो, तर अहिले निकै खुला छ, मानिसहरू निकै कम भएका छन् ।

बिदा नबस्न निर्देशन

विश्वभर कोरोनाको संक्रमण फैलिएपछि सरूवा रोग अस्पताल टेकुमा कार्यरत डाक्टर, कर्मचारी र स्टाफनर्सहरूलाई बिदा नबस्न निर्देशन दिएको अस्पतालमा कार्यरत स्टाफ नर्सले लोकान्तरलाई बताइन् । 

‘हामीलाई बिदा नबस्न भनेर अस्पतालले निर्देशन नै जारी गरेको छ । अहिले कोही पनि बिदा बस्न पाइँदैन, र बस्नु पनि भएको छैन,’ ती स्टाफ नर्सले भनिन् ।

अस्पतालमा कार्यरत कर्मचारीहरूको नियमित स्वास्थ्य परीक्षण हुने गरेको र मास्क तथा स्यानिटाइजर उपलब्ध गराएको त्यहाँ कार्यरत कर्मचारीहरूले बताए ।

हेर्नुहोस्, भिडियो :

फोटो/भिडियो : रोजन श्रेष्ठ

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x