×

NMB BANK
NIC ASIA

सतर्कता खै ?

कोरोनाको जोखिम : दोस्रो ठूलो नाका सुनौली–बेलहियामै छैन चिकित्सकीय टोली

चैत ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालकै दोस्रो ठूलो नाका हो, रुपन्देहीको बेलहिया नाका । तर बेलहिया नाकामा सरकारले चेकजाँचलाई प्रभावकारी बनाउन सकेको देखिँदैन । 

Sagarmatha Cement
Muktinath Bank

बेलहियाबाट बेपर्वाह हजारौं मानिस पैदलमार्ग हुँदै दैनिक रुपमा नेपाल भित्रिरहेका छन् । जहाँ सामान्य चेकजाँच स्थानीयको पहलमा भएको छ । राज्यको काम शून्यजस्तै देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल–भारतको दशगजा क्षेत्रमा भारततर्फ जानेहरूको थर्मल स्क्यानरबाट कडाइका साथ चेकजाँचमा गरिएको छ । भारततर्फ चिकित्सक सहितको २० जनासम्मको टोली नाकामा चेकजाँचमा बसेको छ तर नेपालतर्फ आउनेको चेकजाँच सामान्य तापक्रम मापन गर्ने थर्मामिटर र हातमा स्यानिटाइजर मात्र छर्किएर सहज रुपमा नेपाल भित्रिएका छन् ।


Advertisment
Nabil box
Kumari

चेकजाँचमा खटिएका बेलहियाका स्थानीय रमेश पोखरेलले आफूहरूले चन्दा उठाएर स्यानिटाइजर किनेर नेपाल भित्रिनेहरूलाई वितरण गरिएको बताए । उनले भने, ‘राज्यले यति ठूला नाकामा कुनै ध्यान दिएको छैन । हामी र नगरपालिकाका २ जना कर्मचारीहरू जोखिमपूर्ण रुपमा भएपनि राति १० बजेसम्म तापक्रम नापेर हातमा स्यानिटाइजर छर्किएर नेपाल आउन दिएका छौं । राति १० बजेदेखि बिहान ६ बजेसम्म चेकजाँच छैन । त्यो समयमा भारतबाट घर फर्किने नेपालीहरू हजारौं हुन्छन् ।’

Vianet communication
Laxmi Bank

अर्का स्थानीय तथा चेकजाँचमा खटिएका रमेश थापाले आफूहरूले दैनिक १४ हजार रुपैयाँको स्यानिटाइजर भारतको दिल्लाबाट मगाएर नेपाल भित्रिने यात्रुलाई छर्किएर नेपाल प्रवेश गर्न दिएको बताए । उनले भने, ‘राज्यलाई अप्ठ्यारो पर्दा हामी सहयोग गर्छाैं तर यो नाकामा राज्यको उपस्थिति फितलो छ ।’ स्थानीयले प्रहरी र चेकजाँच गर्नेलाई खानेपानी पनि जुटाइदिएका छन् । 

स्थानीयले मालबाहक गाडीका चालकलाई पनि स्यानिटाइजर र तापक्रम मापन गरेका छन् । अन्तरदेशीय बस सेवा समेत रोकिएको छैन । भारतको दिल्लीबाट नेपाल आउँदै गरेको बसमा भन्सार छली गरेर ल्याएको सामान बिहीवार नै प्रहरीले बरामद गरेको छ । खुला सीमामा चेकजाँचलाई प्रभावकारी बनाउन नसक्दा कोरोनाको जोखिम र त्रास छ ।

सुनौली बजार नेपालीको किनमेल गर्ने प्रमुख बजार पनि हो । पर्यटकको आवागमन रोकिए पनि किनमेल गर्नहरू भारतीय बजार सुनौली जान छाडेका छैनन् ।

ईलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले सुनौली नाकाबाट दैनिक ६ हजार व्यक्ति नेपाल भित्रिरहेको जानकारी दिए । ‘यहाँ चेकजाँच गर्ने र हामीलाई समेत आवश्यक पर्ने मास्क समेत उपलब्ध छैन । यो धुलोधुँवा र सामान्य टेन्टमुनि बसेर ६ जना आलोपालो गरेर चेकजाँचमा बसेका छन्,’ उनले भने ।

अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरीराज खनालले १४ मार्चदेखि तेस्रो मुलुकका पर्यटकको आवागमन रोकिएको बताए । ‘यहाँबाट हामीले ‘डिपाचर’ बन्द गर्‍यौं । तेस्रो मुलुकका पर्यटकहरू नेपाल भए पनि अब सुनौलीबाट आवतजावत हुँदैन । उनीहरूलाई काठमाडौंकै एयरपोर्ट प्रयोग गर्नुपर्ने हुन्छ,’ उनले भने ।

भारतमा कोरोना संक्रमणको दर बढ्दै गएपछि रोजगारीका लागि भारतका विभिन्न शहरमा रहेका नेपाली घर फर्किन थालेका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले चेकजाँचलाई प्रभावकारी बनाउँदै लैजाने बताए । बेलहियाबाट इन्धन र मालबाहक गाडी पर्याप्त मात्रामा आइरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x