इसेवाबाट कुनै पनि बैंकमा रकम पठाउँदा शुल्क नलाग्ने, डिजिटल कारोबारलाई प्रोत्साहन गरिने

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ ।

इसेवाले बिहीबार रातीदेखि अप्रिल ३० सम्मका लागी  लागु हुनेगरी बैंकमा रकम ट्रान्सफर  गर्दा शुल्क नलाग्ने जनाएको हो । 


Advertisement

इसेवामार्फत इसेवा खातामै (पि टु पी ट्रान्स्फर ) गर्दा यसअघि नै निशुल्क सेवा रहेकोमा अब बैंक ट्रान्स्फर पनि निशुल्क बनाइएको हो 

इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘अहिलेको अवस्थामा बैंकहरूसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निःशुल्क बनाएका छौं । यसले ग्राहकलाई थप सहज हुने र सेवा सर्वसुलभ हुने अपेक्षा गरेका छौं ।’


Advertisement

इसेवाले ग्राहकका लागी अन्य सहुलियतका कार्यक्रम समेत ल्याउने जनाएको छ । इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । 

इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्