मंसिर ३, २०८०
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
हरेक व्यक्तिको बाँच्न पाउने मौलिक अधिकार हो । जीवन रहेमात्र जीवनका हरेक गतिविधि गर्नसक्छ । त्यसैले हेरेक परिवार, समाज, राज्य र सरकारको पहिलो दायित्व व्यक्तिको सुरक्षित बाँच्ने अधिकारको सुनिश्चित गर्नु हो ।
परिवार, समाज, राज्य र अन्तर्राष्ट्रिय स्तरका प्रकोप, घटना‡परिघटना र द्वन्द्वहरूमा सबैभन्दा जोखिम वर्ग बालबालिका हुने गर्दछन् । उनीहरू स्वयं आफ्नो संरक्षणका लागि सक्षम हुँदैनन् । उनीहरूको संरक्षणको दायित्व परिवार, समाज, राज्य, सरकार र अन्तर्राष्ट्रिय समुदायको नै हुने गर्दछ ।
कोभिड– १९ (कोरना भाइरस) को प्रकोपबाट विश्व आतंकित भएको छ । यसबाट कुनै पनि देश अछुतो छैनन् र रहने अवस्था पनि रहेन । हरेक देशले कोभिड– १९ बाट आ‡आफ्ना नागरिकको सुरक्षाका लागि आफ्नो बल बुताले भ्याएसम्म प्रयासरत छन् ।
अल्पविकसित देशमध्येको नेपाल पनि यसबाट आक्रान्त छ । सरकारले यसबाट सुरक्षित हुनका लागि आफ्नो क्षमता र तागत प्रयोग गरिरहेको छ । कोभिड– १९ बाट जनतालाई सुरक्षित राख्ने नेपाल सरकारले गरेका निर्णयहरू अत्यन्त प्रशंसनीय हुँदाहुँदै पनि कार्यान्वयमा केही फितलोपन देखिन्छन् ।
विश्वमा हरेक देश र निकायहरू आफ्नै डम्फु बजाउनमा व्यस्त देखिन्छन् । डब्लूएचओले विश्वमा संकट घोषणा गरी हरेकलाई सुरक्षित रहन आह्वान गरिरहेको छ । उता युनेस्को विश्वमा ८५ करोडभन्दा बढी विद्यार्थी शिक्षाबाट वञ्चित भनी डाटा प्रस्तुत गर्दछ । विश्व अर्थतन्त्र जोखिममा रहेको आँकडा प्रस्तुत भइरहेको छ । व्यापरीहरू संकटलाई दुरूपयोग गर्दै कालोबजारी गर्नमा तल्लिन छन् । अपराधिक सोचका केही मानिसहरू गलत अफवाह फैलाएर सामाजिक संजालमा आफ्नो लाइक एण्ड भ्यूज बढाउन लागि परेका छन् । केही विकसित देश संकटको बेला आप्mनो अभिष्ट पूरा गर्न विश्व समुदायलाई आफ्नो प्रभावमा पार्न एकअर्कालाई दोषारोपण गरिरहेका छन् ।
विश्व समुदायका लागि अहिलेको पहिलो प्राथमिकता भनेको हरेक व्यक्तिको जीवन सुरक्षा हो । यसलाई बेवास्ता गर्दै केही पक्षहरू आ–आफ्ना आँकडा प्रस्तुत गर्दै व्यवसाय गरिरहेका छन् । नेपालमा पनि यसको प्रभाव प्रस्ट देखिन्छ । हाम्रा राष्ट्रियस्तरका केही निकायहरू तथा संस्थाहरू कोभिड– १९ को संकटबाट हरेक नागरिकलाई सुरक्षित बाँच्नका लागि सूचना संप्रेसण गर्नु पहिलो दायित्व मान्दैनन् । समाचारमा विद्यालय बन्दले विद्यार्थीको भविष्य अन्धकार भयो । विद्यालय लामोसमय बिदा गर्दा घरमा बालबालिकालाई कसरी राख्ने जस्ता समाचारलाई प्राथमिकता दिएको देख्दा लाग्छ बालबालिकालाई कोरना भाइरसबाट संरक्षण गर्नेभन्दा अन्य विषय महत्त्वपूर्ण हुन् । अहिले हरेक सचेत
नागरिकको दायित्व समाजलाई आतंकित नगरी सहज जीवन जिउने सन्देश प्रवाह गर्नु र आफ्नो ठाउँबाट हुनसक्ने सहयोग गर्नु हो ।
कान्ति अस्पताल मनोचिकित्सा विभाग प्रमुख डा. अरुण कुँवर भन्नुहुन्छ, कुनै पनि सरुवा रोग तथा भाइरसबाट पर्ने सबैभन्दा जोखिमपूर्ण समूह बालबालिका हुन् । उनीहरू आफैं त्यसबाट जोगिन नसक्ने र शारीरिक विकासको महत्त्वपूर्ण चरणमा हुने हुँदा कुनै पनि सरुवा रोगबाट छिट्टै संक्रमित हुन पुग्दछन् । कोराना भाइरसले बालबालिकालाई कुन अवस्थासम्म प्रभाव पर्दछ भन्ने विषयमा अहिलेसम्म आधिकारिक अनुसन्धान सार्वजनिक नभएपनि यसबाट उनीहरूलाई पहिलो प्राथमिकतामा राखेर संरक्षण गर्नु हरेक अभिभावक तथा सरकारको दायित्व हो ।
डा. कुँवरका अनुसार बालबालिकामा रुघाखोकी लाग्ने, र्याल चुहिने बढी नै हुने गर्दछ । उनीहरूले जुनसुकै कुरा मुखमा हाल्ने, औँला मुुखमा हाल्ने, नाक र आँखा मिच्ने गर्दछन् । यसैले उनीहरूलाई हरेक क्षण सफा राख्नु, मूलत हातलाई अझ सफा राख्नु अभिभावकको पहिलो दायित्व हो । बालबालिकाले अभिभावक तथा ठूला मानिससँग अंगालो हाल्ने, हग गर्ने, अभिभावकको अनुहार छुँदा खुशी हुन्छन् । यसबाट अभिभावकहरू खुशी हुने गर्दछन् यसलाई अहिलेको परिस्थितिमा नगराउनु उपयुक्त हुन्छ ।
बालबालिका जिज्ञासु हुने हुँदा विभिन्न टेलिभिजनका समाचार, सामाजिक सञ्जालमा आएका सन्देशहरूप्रति बढी नै उत्सुक हुने हुँदा कहिलेकाहीँ उनीहरूमा कोरना भाइसरको प्रकोपबाट आत्तिने, डराउने अवस्था पनि आउन सक्छ । अहिले विद्यालयहरू बन्द, एसईई परीक्षा रोकिएको अवस्थामा उनीहरूमा झन् कोरना भाइरसको बारेमा अत्यन्त डरलाग्दो छाप परेको पनि हुनसक्छ । यस्तो अवस्थामा बालबालिकालाई जिज्ञासा राख्ने अवसर दिनुपर्दछ ।
उनीहरूका हरेक जीज्ञासालाई सहज ढंगबाट मेटाउनु उनीहरूलाई सुन्नु पर्दछ । साथै उनीहरूलाई कुनै पनि गतल सन्देश नदिई सहजीकरण गर्नु हरेक अभिभावकको दायित्व हो भन्नुहुन्छ डा. कुँवर । यसरी बालबालिकालाई जानकारी दिँदा डब्लूएलओ, स्वास्थ्य मन्त्रालय, नेपाल सरकारले जारी गरेका सत्य र उपयुक्त सन्देशहरू बालबालिकाले बुझ्ने भाषामा दोहोर्याइतेहर्याइ उनीहरूले नबुझेसम्म बताइरहनु पर्दछ । यो रोगबाट हुनसक्ने क्षति, असर र यसको नकारात्मक प्रभावका बारेमा उनीहरूको मनमा आतंक ल्याउने ढंगबाट प्रस्तुत गर्नुहुँदैन ।
घर परिवारमा बालबालिकाका लागि अभिभावकले के गर्ने त ? यो अत्यन्त संवेदनशील विषय हो । बालबालिका सबैभन्दा जोखिमपूर्ण समूह भएकाले उनीहरूलाई ठूला अभिभावकलाई भन्दा अझ बढी सचेत गराई संरक्षण गर्नु पर्दछ । कोरना भाइसरको संक्रमण कुनै पनि शंका लागेमा उपचरका लागि अस्पताल जानु पहिलो कर्तव्य हो । सरकारले शहर तथा गाउँलाई लकडाउन गर्ने घोषणा गरेको अवस्थामा हामीले बालबालिकालाई घरभित्र सुरक्षित र रमाइलो वातवरणमा राख्नु पर्दछ । हाम्रो परिवारमा कोही संक्रमित छैन भने पनि हरेक व्यक्ति सचेत भएर घरमा नै बस्ने गर्नु पर्दछ र बालबालिकालाई अझ सचेत गराई उनीहरूलाई घरभित्र बस्ने वातवरण सिर्जना गर्नु हरेक अभिभवाको पहिलो कर्तव्य हो ।
बालबालिकालाई घरभित्र राख्ने कुरा गरिरहँदा हामी नेपालीहरू शहरमा एउटा कोठामा ३ देखि ५ जनाको परिवारसम्म बसेका छौं । अभिभावकले काम नगरी भरे पेट भर्ने समस्या छ जस्ता कुरा उठ्नु हाम्रो परिवेशमा सामान्य हो । यसो भनिरहँदा अब बालबालिकालाई खुला छाड्ने भन्ने होइन, उनीहरूलाई कोठाभित्रै अथवा एका घरमा बस्नेहरू बीचको समझदारीमा उक्त घरका सबै मिलेर घरबाट बाहिर ननिस्की बस्ने वातवरण मिलाउनु हरेक अभिभावक र बालबालिकाको दायित्व हुन आउँछ ।
घरमा बस्दा बाहिरको सम्बन्धलाई पूर्णरूपमा रोक्ने । साबुनपानीले हात धुने । अनुहारमा सकेसम्म नछुन प्रेरित गर्ने, कसैलाई अंगालो नहाल्ने, चुम्मा नखाने, एक अर्काको जुठो नखाने, आइसक्रिम खाँदै नखाने, चिसो पेय पदार्थ सकेसम्म नखाने आदि । यसो भनिरहँदा अभिभावकले पनि हरेकपटक दूध तथा खाना खुवाउँदा बालबालिकालाई छुँदा साबुन पानीले हात धोएर मात्र गर्नु पर्दछ । घर बाहिरबाट भित्र आउनासाथ साबुन पानीले हात धुने जस्ता बानी सधैं पालना गर्नुपर्ने सामान्य नियमलाई व्यवहारमा उतार्नु पर्दछ ।
बालबालिकालाई घरभित्र कसरी टिकाउने ?
हरेक अभिभावकले आफ्नो आर्थिक तथा समाजिक हैसियत अनुसारको व्यवहार गर्दै आएका छन् । आप्mनो परिवारिक अवस्था अनुसार बालबालिकाका लागि बाघचाल, गट्टा, लुँडो, चेस, क्यारिम बोर्ड, पजल, बल्क गेमजस्ता सामान्य घरभित्र खेल खेल्ने वातावरण मिलाउनु पर्दछ । बालबालिका घरभित्र रमाउने अवस्था ल्याउने अभिभावकले उनीहरूसँगै खेल्ने रमाइला कुरा गर्ने, कथा सुनाउने, परिवारका अवस्था, गाउँघरका कुरा गरेर उनीहरूमा सामाजिक संस्कृतिक संस्कार र परिवेशका बारेमा जानकारी दिन सकिन्छ ।
आर्थिक हैसियत अनुसार बालबालिकालाई सिर्जनशील बनाउन उनीहरूको रुचि र क्षमता अनुसारका चित्र बनाउने, वाद्यवादन, संगीत सुन्ने, गाउने जस्ता रमाइला क्रियाकलाप पनि घरभित्र गर्न/गराउन सकिन्छ । यसैगरी घर कम्पाउण्डभित्र खेल्न मिल्ने ब्याडमिन्टन, बास्केटबल, डोरी, चुंगी, गुच्चा, टेबुलटेनिस, विभिन्न शारीरिक व्यायम गर्दै रमाइलो साथ समय बिताउने विधि अपनाउन सकिन्छ ।
बालबालिकाको उमेर अनुसारका चित्र कथा, कविता सुनाउने, लेख्न लगाउने, माटोको तथा कागजका सामग्री बनाउन प्रेरित गरी उनीहरूका सिर्जनामा प्रशंसा र थप उत्साह थपिदिएर उनीहरूमा भएको चहाना र क्षमतालाई यस अवधिमा प्रस्फुटन गराउन प्रेरित गरी महत्त्वपूर्ण समय बनाउन सकिन्छ ।
अभिभावकको फुर्सदको समयमा बालबालिकाको साथमा प्रेरणामूलक फिल्म हेर्ने, कथा–उपन्यास सुनाउने आदि । साथै उमेर अनुसारका विभिन्न क्रियाकलाप गर्न उनीहरूलाई प्रेरित गर्न सकिन्छ ।
घरभित्र विभिन्न खानाका परिकार बनाउन उनीहरूलाई प्रेरित गर्न सकिन्छ । हाम्रा हरेक समुदायका आ–आफ्नै मौलिक संस्कृति अनुसारका खानाका मौलिकता पनि छ । आफ्ना नानीबाबुलाई यस अवधिमा विभिन्न चाडपर्व अनुसारका मौलिक खान पकाएर खुवाउने र उनीहरूलाई चाड पर्वको महत्त्व र खानाका परिकार बनाउने सीप हस्तान्तरण गरेर यस समयमको उचित सदुपयोग गर्न सकिन्छ ।
दैनिक जीवनमा अभ्यस्त गराउन उनीहरूलाई जुत्तामा पालिस लगाउने, सटको टाँक लगाउने, जुत्ताका तुना बाँध्ने, तरकारी काट्ने, कोठा घर सफा राख्ने, कितावमा कभर हाल्ने जस्ता सामान्य तथा जीवनका लागि महत्त्वपूर्ण ज्ञान र सीप रमाइलो गर्दै सिकाइ उनीहरूलाई स्वाभलम्बी बनाउने अवसरको रूपमा यसलाई उपयोग गर्न सकिन्छ ।
पारिवारिक, सामाजिक सम्बन्ध, संस्कार र संस्कृतिको बारेमा जानकारी गराउने जस्ता कार्यले बालबालिका र अभिभावकको बीचको सम्बन्ध र एक अर्कालाई आत्मसात गर्ने अवसरको रूपमा यस संकटलाई उपयोग गरौं । हजुरबा हजुरआमासँग बालबालिकाले राम्रा–राम्रा कथा कविता सुनेर र आफूले जानेका कुराहरू एक अर्कामा आदान–प्रदान गरेर समयलाई व्यवस्थित/ मर्यादित बनाउन र आत्मीयता तथा सद्भाव बढाउन सकिन्छ ।
हरेक अभिभावकले अहिलेको यस संकटको घडीमा बालबालिकालाई कोभिड– १९ बाट जोगाउन राज्यले निर्देशित गरेका हरेक आह्वानहरूलाई हुबहु पालना गर्नुपर्दछ । बालबालिकाको जीवनको सुरक्षा र उनीहरूको उज्ज्वल भविष्यका लागि आफ्नो गक्षअनुसारका सेवासुविधा र सहज वातावरण सिर्जना गरी घरभित्रै बालबालिकालाई रमाइलो र सिर्जनात्मक अवसरको सिर्जना गरौं । कोरानाबाट बचौं र बचाऔं !!
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...