×

NMB BANK
NIC ASIA

आज अन्तर्राष्ट्रिय वन दिवस

चैत ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

संयुक्त राष्ट्र सङ्घको साधारणसभाको सन् २०१२ को प्रस्तावबाट हरेक वर्षको मार्च २१ मा आज अन्तर्राष्ट्रिय वन दिवस मनाउने गरिएको छ ।  यस वर्षको लागि वन दिवसको नारा ‘वन र जैविक विविधता’ रहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

मानवलगायत सबै प्रकारका जीवजन्तु र वनस्पति प्रजातिको जीवनका लागि वन महत्वपूर्ण रहेको छ । वनबाट काठ, दाउरा, डालेघाँस जडीबुटी, स्याउला, पत्करजस्ता उत्पादनको अतिरिक्त कार्बन शोषण, अक्सिजनको उत्सर्जन, जलाधार संरक्षण, पानीको मुहान संरक्षण वातावरणको स्भाविक प्रशोधन, प्राकृतिक सौन्दर्य, सांस्कृतिक पहिचानजस्ता वातावणीय सेवासमेत वनबाट प्राप्त हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जैविक विविधताको संरक्षणका लागि वन महत्वपूर्ण आधार हो । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा सिन्धुप्रसाद ढुङ्गानाका अनुसार नेपालमा पहिचान भएका ११८ प्रकारका पारिस्थितिकीय प्रणालीमध्ये ११२ वटा पारिस्थितिकीय प्रणाली वनभित्रै पर्दछन् । त्यस्तै नेपालमा पाइने झण्डै १२ हजारभन्दा बढीका सङ्ख्यामा पहिचान भएका वनस्पति प्रजाति र सोही सङ्ख्याको हाराहारीमा पहिचान भएका जीवजन्तु प्रजाति कुनै न कुनै हिसाबले वनजङ्गलमै आश्रित छन् । 


Advertisment
Nabil box
Kumari

पछिल्लो राष्ट्रिय सर्वेक्षणअनुसार नेपालको कूल भूभागको झण्डै ४५ प्रतिशत वनले ढाकेको छ । यसमध्ये करिब १८ प्रतिशत वन निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्रजस्ता संरक्षित क्षेत्रभित्र पर्दछन् । संरक्षित क्षेत्र बाहिरका सामुदायिक वन, कबुलियती वन, साझेदारी वन, धाार्मिक वन, वन संरक्षण क्षेत्रजस्ता समुदायमा आधारित वन प्रणालीबाट अधिकांश वन व्यवस्थापन भइरहेका छन् ।

Vianet communication
Laxmi Bank

यी समुदायमा आधारित वन व्यवस्थापन गर्न ३० हजारभन्दा बढी सामुदायिक समूह क्रियाशील छन् । यस्तै साना ठूला गरी झण्डै २० हजार वनमा आधारित उद्योग सञ्चलनमा रहेको मन्त्रालयको तथ्याङ्क छ । नेपालको कूल वनको क्षेत्रफल केही वृद्धि भएको देखिए पनि वनको उचित संरक्षण, व्यवस्थापन र  उपयोगमा केही चुनौती रहेको प्रवक्ता ढुङ्गाना बताउँछन् । 

'अझै पनि चुरे तथा तराईमा वन विनासको दर कायम छ । अधिकांश वनमा दिगो व्यवस्थापनको अभ्यास थालनी गर्न सकिएको छैन । वन क्षेत्रको तुलनामा तिनको संरक्षण र व्यवस्थापनका लागि पर्याप्त जनशक्ति र स्रोत साधानको कमी छ । वन क्षेत्र अन्य प्रयोजनमा जाने चुनौती कायम छ', उनी भन्छन्। वनलाई वनकै रुपमा संरक्षण र व्यवस्थापन गरी त्यसबाट प्रशस्त आार्थिक, सामाजिक र वातावरणीय लाभ लिन सकिएको छैन ।

मन्त्रालयले अन्तर्राष्ट्रिय वन दिवस २०२० को उपलक्ष्यमा एक सन्देश जारी गरी नेपालका सबै प्रकारका वनस्रोतको दिगो उपायोग र त्यसबाट जैविक विविधिताको संरक्षण, आर्थिक समृद्धि र सामाजिक सांस्कृतिक सद्भावमा योगदान पुग्ने अपेक्षा गरेको छ  । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x