×

NMB BANK
NIC ASIA

कम्तीमा एक सातासम्म भारत नजानुस्ः प्रदेश सरकार

चैत ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेश सरकारले कम्तीमा एक सातासम्म भारत नजान नेपाली नागरिकलाई आग्रह गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार  रातिसम्म मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण तथा निर्देशक समितिले सुदूरपश्चिम प्रदेशका सीमा नाकाबाट कम्तीमा एक हप्तासम्म भारत नजान आग्रह गर्ने निर्णय गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा एक सातासम्म भारत नजान सबैमा आग्रह गर्ने, सीमा नाकामा स्थापना गरिएका स्वास्थ्य सहायता कक्षलाई थप प्रभावकारी बनाउने निर्णय भएको बताइएको छ । त्यस्तै बैठकमा कोरोना भाइरसको सङ्क्रमण फैलिएमा उपचारका लागि आवश्यकपर्ने पूर्वतयारीका विषयमा समेत छलफल भएको थियो ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री भट्टले कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक कदम चाल्न सरोकारवालालाई निर्देशन दिनुभयो । प्रदेशस्तरीय कोरोना नियन्त्रण समितिका अध्यक्षसमेत रहेका मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा कोरोना सम्भावितका लागि उच्च निगरानी कक्ष थप्ने निर्णय भएको बताए।  

Vianet communication
Laxmi Bank

प्रदेशका नौवटै जिल्लामा केही निगरानी कक्ष भए पनि कैलालीको धनगढी र महेन्द्रनगरमा थप केही निगरानी कक्ष अर्थात् आइसोलेसन वार्ड थप्ने तयारी भएको जनाइएको छ । त्यसै भारतसँग सीमा जोडिएका स्थानीय तहका प्रमुखलाई सीमानाका आवातजावतमा कडाइ गर्न आग्रह गरिएको छ । मुख्यमन्त्री भट्टले कोरोना नियन्त्रणका लागि तीनै तहका सरकारले आवश्यक रकमको व्यवस्था गर्नेे बताए । 

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको सङ्क्रमण फैलिन नदिन तथा फैलिएमा कसरी व्यवस्थापन गर्न भन्ने विषयमा बैठकमा छलफल भएको जनाइएको छ ।  कञ्चनपुरको भिमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले पछिल्लो समय गड्डाचौकी हुँदै भारतका विभिन्न शहरबाट नेपाल आउने नेपालीको सङ्ख्या उच्च रहेकाले भारतसँग सीमा जोडिएका नाकामा निगरानी गर्न सकेमात्रै पनि धेरै हदसम्म कोरोना भाइरस नियन्त्रण गर्ने सकिने बताए।

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x