असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
वर्तमान समयमा विश्व नै कोरोना भाइरसवाट आतंकित भएको छ । चीनको हुबेवाट सन् २०१९ को अन्त्यतिर फैलिएको यो रोगले १५० भन्दा बढी देशहरूमा संक्रमण गरिसकेको स्थिति छ ।
महामारीले विशेषगरी चीन, इटाली, इरान, दक्षिण कोरिया तथा संयुक्त राज्य अमेरिकालगायतका देशहरूमा ठूलो संक्रमण गरिरहेको छ । हरेक देशहरू आफ्ना नागरिकलाई यसवाट वचाउने उपायको खोजीमा युद्धस्तरमा लागिपरेका छन् ।
संयुक्त राज्य अमेरिकाले आफ्ना नगरिकलाई संक्रमण भएको सन्देह भएमा अनिवार्य रूपमा अस्पताल वा घरैमा अलग भएर बस्नुपर्ने, आवश्यक स्वास्थ्य उपचारको प्रवन्ध गर्नेदेखि लिएर यसवाट विभिन्न हिसावले पीडित भएकाहरूलाई राष्ट्रको कोषवाट एक खर्व डलर क्षतिपूर्ति गर्नेसम्मका कार्यहरू गरिरहेको छ । पूर्वसावधानीका लागि बेल्जियमले विशेष व्यवस्था गरेको छ । यो देशले कुनै काम नगरी अनिवार्य रूपमा पृथक वा सर्वसाधारणसँग सम्पर्क वाहिर रही आफ्नो पेसा अवलम्वन गर्न नपाएका, अरूलाई यो रोग नसार्न सहयोग गर्नेहरूलाई प्रतिपरिवार मासिक १६००, आफ्नो पसल वन्द गर्नेलाई ३५०० युरो मासिक रूपमा प्रदान गर्ने, विद्यालय, कलेज, विश्वविद्यालय, रेस्टुरेन्ट, डिस्को, वार, सिनेमा हल वन्द गर्ने तर औसधि पसल र खाद्यान्न पसल भने खुला राख्ने, वाँकी पसल सप्ताहको अन्त्यमा मात्र खोल्न पाउने, विदेशबाट घर फर्किने आफ्ना नागरिकहरूलाई भाडा तिरिदिने जस्ता प्रवन्ध मिलाई यो महामारीवाट बच्न युद्धस्तरमा तयारी गरिरहेको छ ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्राप्त सूचना अनुसार ( मार्च १६ को यु एस टाइमका अनुसार ) हालसम्म संक्रमण देखिएका देशहरूमा संक्रमित संख्या र मृत्यु हुनेहरूको संख्या क्रमस चीनमा ८१०४५ र ३२४१, इरानमा १५०४७ र ८३७ , इटालीमा ३०११० र २१८१ सार्कमा १५९ र २, स्पेनमा ९७५३ र ३४० , संयुक्त राज्य अमेरिकामा ४५९७ र ८१ देखिई जम्मा संक्रमित संख्या १४०७११ र ६६८२ मानिसहरूको मृत्यु भइसकेको छ । यसको विरुद्ध लड्न कुनै प्रकारको खोप र औसधिसम्म पनि पत्ता लागेको छैन र अनुसन्धान भइराखेको सूचना प्राप्त भएको छ । समान्यतया साबुन पानीले हात धुने ,खोक्दा र हाच्छ्युँ गर्दा मुख छोप्ने, संक्रमणको आशंका भएकाले अन्य मानिसहरूसँग सम्पर्कमा नआई अलग रही १४ दिनसम्म चिकित्सकले तोकेअनुसारको स्थानमा वस्ने लगायतका प्राथमिक अवस्थामा सतर्कता अपनाउनुपर्ने गरी सचेत वनाएका छन् । धेरै मात्रामा संक्रमित भएका मुलुकहरूमा प्राय: कोरोना संकटकाल जस्तै देखिएको अवस्था छ ।
अव हामी नेपालीहरूको तयारी र यसवाट नेपालमा पर्न सक्ने असरका वारेमा विश्लेषण गरौं । नेपालमा २१ मार्च २०२० सम्म एक जनामा बाहेक अरूमा संक्रमण पुष्टि भएको छैन । एक जना भने चीनबाट फर्केका नेपाली थिए । उनी पनि निको भएर घर फर्किसकेको अवस्था छ । अन्यमा संक्रमण नदेखिनु सकारात्मक पक्ष हो । संक्रमणको आशंका भएकाहरूलाई टेकु अस्पताल पुर्याउने गरिएको छ । नेपालसँग यसको औषधि, उपकरण, स्वास्थ्यकर्मी समेतको कमीका कारण यसको पूर्वतयारी कमजोर नै देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत सवै महत्वपूर्ण नाकाहरूमा स्वास्थ्य सहायता कक्ष राखिएको छ । पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रमहरू स्थगित भएका छन् । छिमेकी देश चीनसँग सिमाना जोडिएको, अव्यवस्थित र घनावस्ती भएको, चीन नेपालको दोस्रो व्यापारिक महत्वको देश भएकाले दुई देशहरूका बीच आवागमनमा रोक्न कठिनाई भएको छ । दक्षिण सिमाना पुरै खुला भएकाले भारतवाट नेपाल आउनेहरूलाई रोक्ने विषय सहज छैन । स्वास्थ्य र सरसफाईमा पनि नेपाल तुलनात्मक हिसावमा पछि परेको छ । कोरोना संक्रमितका लागि सेवा दिन तत्पर रहेको टेकु अस्पतालमा ३ वटा मात्र आई सी यू बेड छ ।
संक्रमितहरूलाई चिकित्सकले निर्धारण गरेको स्थानमा राखिएको भए तापनि उनीहरूको वारेमा अनुगमन गरिएको छैन । विश्व स्वास्थ्य संगठनको अनुरोधमा ज्वरो आएकाहरूलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । चीन, जापान र थाइल्याण्डका यात्रीहरूलाई अन्तर्राष्ट्रिय विमानस्थलमा परिक्षण शुरू गरिएको छ । टेकुको अलावा शिक्षण अस्पताल र पाटन अस्पतालमा पनि यसको परीक्षण र उपचार गर्ने व्यवस्था मिलाइएको छ । १३ फेब्रुअरीमा १९ जना साउदीका नागरिकहरूलाई क्वारेन्टाइनमा राखिएकोमा उनीहरू फरार भएका छन्, सरकारले पत्ता लगाउन सकिराखेको छैन । चीनवाट नेपाल फर्किएका बिद्यार्थीहरूलाई १४ दिनसम्म खरिपाटी भक्तपुरमा राखियो, यो क्रम जारी रहेको छ । परीक्षण गर्दा संक्रमण देखिएको छैन । चीन, जापान , दक्षिण कोरिया , इरान र इटालीवाट आउने यात्रुहरूलाई प्रवेश निषेध गरिएको छ । कूटनीतिज्ञहरू वाहेक सवैको आवागमन प्रवेषाज्ञाबाट नेपाल प्रवेश वन्द गरिएको छ ।
अत्यावश्यक कार्य भएकाहरूलाई स्वास्थ्य प्रमाण पत्र पेश गराएर मात्र प्रवेश दिने गरिएको छ । पैदल मार्गवाट नेपाल प्रवेश गर्नेहरूलाई प्रवेश इन्कार गर्दै पर्वतारोहणको अनुमति पनि स्थगन गरिएको छ । देशका अन्य स्थानहरू जस्तै झापा, धरान र विराटनगरमा आइसोलेसन वार्डको व्यवस्था भएको छ । बिहार सरकारले पटना-नेपाल्र काठमाडौंको बस सेवा पनि वन्द गरेको छ । १५ मार्चमा केही सीमा बिन्दु वाहेक अन्यत्रवाट आवत जावत गर्न भारतले वन्द गरेको छ । हाल आएर नेपालले एसईई परीक्षा वन्द गर्ने, रंगशाला, मनोरञ्जनस्थल, जिम, हेल्थ क्लव आदि वन्द गर्ने, सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन नदिने, सिट क्षमताभन्दा बढी सार्वजनिक यातायातले यात्रु राख्न नपाउने, अत्यावश्यक कामवाहेक आवागमन नगर्न सवैमा अनुरोध गर्ने, यस महामारीको सन्दर्भमा अनावश्यक होहल्ला र भ्रम फैलाउनेहरूलाई कारवाही गर्ने जस्ता निर्णय गरेको छ ।
प्रधानमन्त्रीको भनाइअनुसार नेपालमा यो महामारी फैलिएको छैन भन्ने रहेको छ । यसवाट नेपालीहरूलाई केही राहत मिलेको छ । नेपालमा कोही पनि संक्रमित नभेटिनु सकारात्मक पक्षका रूपमा लिनुपर्ने अवस्था छ ।
यसवाट विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने देखिँदै छ । आवागमन वन्द हुँदा सम्पूर्ण आर्थिक लगायतका क्रियाकलापहरूमा पनि सुस्तता आउँछ । यातायात, सञ्चारलगायतका साधनहरूको प्राचुर्यता र विश्व व्यापारीकरणको अभ्यास गर्दै गएको अवधि समेत लामो भएकाले देशहरूले नाकावन्द गर्दा र हालसम्म देखिएका अन्य क्रियाकलापहरूवाट विश्वसँगको अन्तर सम्बन्धलाई पूर्णतया वन्द गर्न सक्ने अवस्थामा कुनै पनि देश देखिँदैनन् । तर आवागमनमा राष्ट्रले रोक लगाउँदा आर्थिक क्षेत्रमा नराम्रो प्रभाव पर्छ । विश्व वजारमा तेलको भाउमा आएको गिरावट यसको प्रतिनिधि उदाहरण हो । अन्तर्राष्ट्रिय उडानहरू वन्द हुँदै जाने लक्षण देखिँदैछ । रोजगारी बन्द हुँदैछन्, ब्यापार व्यवसायमा अप्ठेरो स्थिति छ ।
उद्योग कलकारखानाहरू वन्द हुने अवस्थामा पुगेका छन् । यसवाट बहुपक्षीय प्रभाव पर्दै जाँदा अमुक देश र विश्व अर्थतन्त्रमा मन्दी आउँछ । केही दिनको अप्ठेरो अवस्थावाट समेत यो स्थिति आमन्त्रण भइराखेको छ । यो समस्या कति दिनसम्म जाने हो कुनै निश्चित छैन । जति लामो समय अस्तव्यस्त हुन्छ सोही मात्रामा अर्थतन्त्र प्रभावित हुन्छ । विश्व व्यापारीकरणका कारण कुनै पनि देश यसवाट अलग रहन सक्दैन । जहाँसम्म नेपालको सन्दर्भ छ, भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्तिको विषय अव कोरा कल्पनामा मात्र सीमित रहने भयो । नेपालले नै विदेशी नागरिकलाई प्रवेश गर्न निषेध गरेको छ । यो स्थितिअनुसार गरिएको निर्णय पनि हो । उत्पादनका लागि हामी कच्चा पदार्थ विदेशबाट आयात गरिराखेकाले सो रोकिने क्रम बढ्दै गएको छ । स्वत: यस्ता उद्योगहरू वन्द हुनेछन् र भइराखेका छन् ।
रेमिट्यान्सको मुख्य क्षेत्र मध्यपूर्व र दक्षिण कोरिया नै संकटग्रस्त हुँदैछन् । त्यसैले सम्पूर्ण रोजगारी वन्द गरेको छ, कार्यरत कर्मचारीहरूलाई पनि लामो बिदा दिइएको छ । यसवाट करीव चालिस प्रतिशत कूल ग्राहस्थ उत्पादनको रासी अव केही समय रोकिने निश्चित छ । उपभोक्ता वजारमा थोक र खुद्रा सामानका ब्यापारीहरू सामान आयात गर्न नपाएकोमा प्राय: वन्द छन् ।
निर्माण सामग्रीको अभावमा निजी र सार्वजनिक सवै क्षेत्रका निर्माण कार्यहरू वन्द हुन लागेका छन् किनकि निर्माण सामग्रीका लागि पनि हामी अन्य मुलुकमा आश्रित रहेको स्थिति छ । फर्मस्युटिकल उद्योगहरूका लागि आवश्यक कच्चा पदार्थ चीनको हुवेही जुन कोरोनाको मौलिक थलो हो, त्यहाँबाट आउने भएकाले वन्द हुँदैछन् । भारतले चीनवाट आउने सम्पूर्ण औषधिमा रोक लगाएको छ । यसको असर हामीले पनि सामना गर्नुपर्छ । हामी प्राय: सम्पूर्ण सामानहरू आयात गर्दै जीवन धान्ने भएकाले यस्तो अवस्थामा अन्य देशहरू भन्दा बढी प्रभावित वन्ने स्थिति छ ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...