×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेश सरकारले शुक्रवार क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको थियो । तर कहाँ बनाउने भनेर जग्गाको अन्तिम छिनोफानो नलगाएरै क्वारेन्टाइन निर्माण गर्ने भनेर निर्णय गर्दा पछिल्लो चौविस घण्टा जग्गा हेर्नमै बितेको हो ।

Muktinath Bank

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रवार कोरोना भाइरस (कोभिड-१९) रोकथाम सम्बन्धमा कर्णाली प्रदेश विपद व्यवस्थापन परिषद र कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको संयुक्त बसेको थियो । उक्त बैठकले वीरेन्द्रनगरको वाँगेशिमलमा रहेको रेडियो नेपाल परिसरमा रहेको खाली जग्गामा चार सय पाल टाँगेर क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस बाहेक ६ सय बेडको क्वारेन्टाइन मध्यपश्चिमाचल विश्वविद्यालयमा बनाइने भनेर निर्णय गरेको थियो । रेडियो नेपालको जग्गा खाली भएपनि जग्गामा दलदल भएको र रेडियोको टावरको अर्थिंग जमिनमुनि गाडिएका कारण दुर्घटना हुनसक्ने अनुमान गर्दै समिति त्यहाँ क्वारेन्टाइन निर्माण गर्ने योजनाबाट पछि सरेको थियो । नेपाली सेनाका जवान भने एकाबिहानै पालसहित रेडियो नेपाल पुगिसकेका थिए ।


Advertisment
Nabil box
Kumari

रेडियो नेपालमा क्वारेन्टाइन नबन्ने निश्चित भएपछि नेपाली सेनाको टोली सामानसहित खुलामञ्चमा आयो । खुलामञ्चमा बिहानै पाल निर्माणका लागि भनेर राखिएको सामान शनिवार साँझसम्म त्यहिँ थियो । दर्जन बढी सेना पाल निर्माणको आदेश पर्खेर बसिरहेको थियो ।

Vianet communication
Laxmi Bank

दिनभरि जसो यता वा उता बनाउने भन्ने हल्लाकाबीचमा नेपालकै चर्चित पर्यटकीय स्थल बुलबुले ताल नजिक रहेको खाली जग्गामा क्वारेन्टाइन निर्माण गर्ने अन्तिम तयारीमा समिति पुगेको र त्यहि खबर भएको उत्तर पश्चिम पृतना नेवारेका पृतनापति सरोजप्रताप राणाले जानकारी दिए । ‘भोलिदेखि नै बुलबुले भित्रको जंगलमा क्वारेन्टाइन निर्माण शुरू हुन्छ,’ उनले भने, ‘त्यसका लागि तयारी भइरहेको छ ।’

पर्यटकीय गन्तव्यका रूपमा परिचित बुलबुले क्षेत्र, कपडा सफा गर्ने र नुहाउनका लागि नागरिक ओहोर दोहोर गरिरहने बुलबुले क्षेत्रमा अन्य देशबाट आएका नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राख्ने गरी भएको निर्णय स्वागतयोग्य भएपनि त्यहाँ बढीमा डेढ सय पाल अटाउने छन् । 

‘सरकारले आवश्यक तयारी बिनै निर्णय गरेको देखियो । कम्तिमा जग्गाको अन्तिम टुंगो लगाएर मात्रै निर्णय लिनुपर्ने थियो,’ वीरेन्द्रनगर ४ का सुशिल कार्कीले भने, ‘हचुवामा निर्णय गर्ने तर कार्यान्वयनमा समस्या भोग्ने प्रदेश सरकारको काम नै हो ।’ सरकारले शुक्रवार गरेको निर्णय एकदमै सकारात्मक भएतापनि कोरोनाबाट कर्णाली बचाउन तीव्र गतिमा काम थाल्नुको साटो ढिलाई गर्नाले समस्या बढाउन सक्ने उनको भनाइ छ ।

यता प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले निर्णय गरिएको जग्गामा प्राविधिक कारणले क्वारेन्टाइन बनाउन नसकिएको बताए । ‘रेडियो नेपालको जग्गामा बनाउने भनेका थियौं । प्राविधिक समस्याका कारण हामीले बनाउन सकेनौं,’ उनले भने, ‘अब बुलबुले ताल नजिक भएपनि बनाउँछौं । यसमा नागरिक समाज, आमजनता सबैको सहयोग हुने अपेक्षा गरेका छौं ।’ मन्त्री भण्डारीले कर्णाली प्रदेशमा चैत नौ गते आइतवार राति १० बजेदेखि बिहान पाँच बजेसम्म सवारी साधन सञ्चालनमा पूर्णतया रोक लगाइएको बताए । ‘आइतवार रातिदेखि लागू हुने गरी सवारी साधन सञ्चालनमा हामीले पूर्णतया रोक लगाएका छौं । अत्यावश्यक सेवाका सवारी साधनहरु भने सञ्चालनमा हुनेछन्,' उनले भने, ‘भारत तथा अन्य देशबाट फर्किन चाहने नेपालीलाई दश दिन भित्र कर्णाली फर्कन र अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x