पाकिस्तानमा बेहुलीलाई लगाउन थालियो ब्राइडल मास्क

पाकिस्तानमा कोरोनाभाइरसको कहर बढ्दै गएको छ । त्यससँगै देशमा रेल र विमान सेवा सञ्चालनमा रोक लगाइएको छ । 

बिहे हुन ठिक्क परेका युवतीहरूलाई अहिले संकट परेको छ । जीवनको सबभन्दा महत्त्वपूर्ण क्षणमा उनीहरूलाई संक्रमणको डर बढेको छ । 


Advertisement

संकट समाधानका लागि पाकिस्तानमा ब्राइडल मास्क बनाउन थालिएको छ । मास्कले भाइरसबाट सुरक्षा पनि दिन्छ अनि यो सुन्दर पनि देखिन्छ । 

सामा टीभीको रिपोर्ट अनुसार, एउटा मास्क बनाउन दुई दिन लाग्छ । ब्राइडल मास्कलाई क्रिस्टल, लेस लगायतका कुराले सजाइरहेका छन् । 


Advertisement

मास्कको मूल्य लगभग ४ हजार रुपैयाँ छ र दुलहीहरूले यसलाई मन पराइरहेका छन् । 

पेशावर शहरका पसलेहरूले ब्राइडल मास्कको माग बढिरहेको बताए । आफ्नो ड्रेससँग म्याचिङ हुने मास्क बनाउन भनिरहेका छन् । 

पाकिस्तानमा कोरोनाबाट संक्रमित मानिसहरूको संख्या ६४५ पुगेको छ । इरानबाट तीर्थयात्रा गरेर फर्किएकामा कोरोना देखिएको हो । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्