×

NMB BANK
NIC ASIA

उच्च मनोबलले कोरोना विरुद्धको लडाईं जित्न सकिन्छ [डा. रविन्द्र पाण्डेका १० टिप्स]

चैत ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अहिले कोरोनाको त्रासबाट जनजीवन अस्तव्यस्त बनेको छ । सबैजसो बर्गका व्यक्तिहरू कोरोनाको डरबाट आतंकित भएको अवस्था छ । आम जनसमुदाय कोरोनाको कारण आतंकित हुनुपर्ने अवस्था नभएको विज्ञहरू बताउँछन् ।
जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले मनोबल बढाए कोरोनासँग आत्तिहाल्ने स्थिती नआउने बताएका छन् ।

Muktinath Bank

डा. पाण्डेले कोरोनाबारे विभिन्न १० टिप्स दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१. कोरोना अहिलेसम्म नेपालमा फैलिएको छैन । फैलिए पनि त्रास मान्नुपर्दैन । कोरोना कमजोर भाइरस हो । कोरोना संक्रमण भएका व्यक्तिमध्ये ८५प्रतिशतलाई सामान्य खोकी, ज्वरो आएर आफै निको हुन्छ । बाँकी १५ प्रतिशतलाई स्वासप्रश्वासको समस्या देखा पर्न सक्छ । उनीहरूलाई अस्पताल जानुपर्ने हुन्छ । उपचारपछि अधिकांश निको हुन्छन् ।  २–३ प्रतिशतलाई मृत्युको डर हुन्छ । २–३ प्रतिशत मृत्युदर धेरै रोगमा छ ।


Advertisment
Nabil box
Kumari

२. कोरोना नियन्त्रण गर्न सरकारले धेरै योजना बनाएको छ ।  शुरूदेखि नै प्रभावकारी काम गरेको हुँदा अहिलेसम्म जम्मा १ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । सरकारले ज्वरो क्लिनिक शुरू गरेको छ । जनचेतना बढाइरहेको छ । हाल दिनमा ५०० जनाको कोरोना संक्रमण टेस्ट गर्ने क्षमता बढाएको छ । बिभिन्न अस्पतालमा आइसीयु र भेन्टिलेटरको संख्या बढाएको छ । स्वास्थ्यकर्मीलाई स्ट्याण्ड बाइ राखेको छ । ६ महिनाको लागि औषधि तथा खाध्य पदार्थको जोहो गरेको छ । चीन तथा अन्य दाता मुलुकबाट आबश्यक उपकरण मगाएको छ । जिल्ला जिल्लामा कोरोना संक्रमण टेस्ट तथा उपचार गर्ने व्यवस्था मिलाउदै छ । आवश्यक परेको खण्डमा पूर्ण लक डाउन गर्ने तयारी गरेको छ । चीन लगायत राष्ट्रले आबश्यक परे जस्तोसुकै सहयोग गर्ने बचन दिएका छन् ।

Vianet communication
Laxmi Bank

३. ६० बर्ष उमेर कटेका, औषधि खाइरहेका व्यक्तिलाई जोखिम हुन्छ भनेर भ्रम फैलाइएको छ । यो सत्य होइन । सत्य के हो भने, जुनसुकै उमेरका व्यक्तिहरु जो क्यान्सरको अन्तिम स्टेजमा छन् । अंग प्रत्यारोपण गरेका छन्, मधुमेह नियन्त्रण नभएर किड्नी, मुटु लगायत अंगमा असर भएको छ, ब्लडप्रेसर औषधिबाट नियन्त्रण नभएर मुटुको अप्ठ्यारो रोग छ, एचाइभीको औषधिले काम गर्न छोडेको छ । त्यस्ता व्यक्तिलाई जोखिम छ । जोखिम भनेको मृत्यु होइन । अतिरिक्त ख्याल गर्नुपर्छ भनेको हो । चीन लगायतका देशमा सय बर्ष उमेर पुगेका, दीर्घरोगी तथा एकदम जोखिमपूर्ण स्वास्थ्य भएका निको भएर आरामको जीवनमा फर्केका छन् ।

४. बालबालिकालाई संक्रमण हुने डर न्यून छ, मृत्युदर नगन्य छ ।

५. हामीले मनोबल नबढाए, विज्ञको कुरामा मात्र विश्वास नगरे, हल्ला र भ्रमले डराए, फेक समाचार पत्याए ।

हाम्रो जीवन कोरोना भाइरसले हैन मनोरोगले विध्वंश हुन्छ । धेरै मानिसमा त्रासको कारण आत्मबल घटेको छ। स्वस्थ्य जीवनशैली अपनायो भने कोरोनासंग बिल्कुल डराउनु पर्दैन ।

६. कोरोनाको त्रासले जीवन असामान्य भएमा मनोविद्संग परामर्श लिन सकिन्छ । आबश्यक परे केहि समयको लागि औषधि खानुपर्ने पनि हुन्छ ।

७. योग, ध्यान, नृत्य, संगीत, आर्ट, लेखन, पठन आदिले कोरोना फोबिया हटाउन मद्दत गर्छ ।

८. कोरोना भाइरस हामीलाई खोज्दै घरमा आउदैन । हामी नै खोज्दै भीडभाडमा गएर ल्याउने हो । तसर्थ अधिकतम समय घरमै बसौं ।  सकभर अस्पताल, क्लिनिक नजाऔं । त्यहीबाट संक्रमण सर्न सक्छ, सपिंग मल, सार्वजनिक यातायात, मन्दिर आदिमा अहिले नजाऔं ।

९. मोबिलिटी घटाउने काम गरौँ अर्थात सहरमा आत्तिएर गाउँ जाने, गाउँमा आत्तिएर शहर जाने, धामीझाँक्रीकहाँ जाने, घुम्न जाने जस्ता काम नगरौं ।

१०. आर्थिक क्षति भए डर नमानौं । अवस्था नर्मल भएपछि त्यो क्षति सन्तुलनमा आउँछ । यो चक्र हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x