कोरोना प्रभाव : सीजन सक्नका लागि प्रेमियर लीग जुन महिनामा फेरि शुरू गरिने योजना

इंग्लिश प्रेमियर लीगले यो सीजन सक्नका लागि जुन १ तारिखमा फेरि खेल सञ्चालन गर्न सोचिरहेको बताइएको छ । जुन १ पछि ६ हप्ता लगाएर सीजन सक्ने अनि अगस्ट महिनादेखि नयाँ सीजन शुरू गर्ने द सन्डे टेलिग्राफले आइतवार खबर दियो । 

समाचारमा आएअनुसार, यस योजनाले नै क्लबहरूलाई लागेको भयंकर घाटा न्यूनीकरण गर्न सक्छ । कोरोनाभाइरस फैलिएपछि क्लबहरूले फूटबल खेलाउन पाएका छैनन् तर खेलाडीहरूलाई पैसा तिरिरहनुपरेको छ । 


Advertisement

मार्च १३ तारिखमा प्रेमियर लीग लगायत सबै उच्चस्तरीय फूटबल खेलहरू अप्रिल ३० सम्मका लागि रद्द गरिएको छ । 

यसैबीच युरोकप फूटबल पनि एक वर्ष पछाडि सारिएको छ । त्यसले गर्दा घरेलु खेलहरू सक्नका लागि समय निस्केको छ । 


Advertisement

केही खेलाडीहरूको सम्झौता जुन महिनामा अन्त्य हुँदैछ र यसले समस्या ल्याउन सक्छ । त्यसैले फिफाले यसको सम्भावित सम्बोधन गर्न खोजिरहेको छ । 

नयाँ योजनामुताबिक प्रेमियर लीग र एफए कपका प्रतियोगिताहरू खाली स्टेडियममा खेलिनेछन् भनी टेलिग्राफले लेखेको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्