×

NMB BANK
NIC ASIA

बुटवलमा कोरोना भाइरस प्रकोपको पूर्वतयारी स्वरुप निर्माण गरिएको आइसोलेसन अस्पताल सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा धागो कारखानाका बन्द रहेका भवनमा आइसोलेसन अस्पताल तयार पारेको हो । 

Sagarmatha Cement
Muktinath Bank

बसटवल–१० मा बन्द अवस्थामा रहेको उक्त कारखानाका दुई कोठा र परिसरलाई व्यवस्थित गर्दै आइसोलेसन अस्पतालका रुपमा तयार पारिएको थियो । दुई कोठामा ४० वटा बेड तयार पार्दै आइतबार बेलुकादेखि अस्पताल शुभारम्भ गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले लुम्बिनी प्रादेशिक अस्पतालका आइसोलेसनका फोकल पर्शन तथा विशेषज्ञहरुलाई प्रभावकारी उपचार सेवा प्रदान गर्न आग्रह गर्दै अस्पताल शुभारम्भ भएको जानकारी गराए । 


Advertisment
Nabil box
Kumari

बुटवलमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बिरामी नभेटिए पनि कोरोनासंग मिल्दो जुल्दो लक्षण लिएर दैनिक चार/पाँच जना विरामी आउने गरेको बताइएको छ । उनीहरु कसैलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छैन । 

Vianet communication
Laxmi Bank

यहाँका स्वास्थ्यसंस्था, निजी क्षेत्र र सरोकारवालाको सहकार्यमा प्रकोप पूर्वतयारीलाई तीव्रता दिंदै आएको र सोही क्रममा क्वारेन्टाइनका लागि कोठा निर्माण गर्नुका साथै अस्थायी रुपमा आइसोलेसन अस्पताल निर्माण गरिएको प्रमुख सुवेदीले बताए । 

आइतबार बेलुकादेखि सञ्चालनमा आएको बुटवलको कोरोना आइसोलेसन अस्पतालमा भेन्टिलेटरसहित दुई कोठा र केही टेन्टहरु रहेका छन् । व्यवस्थित गरिएका ४० बेडमा अक्सिजन, सलाईन, औषधि, उपकरणसहितको व्यवस्था छ । अती जोखिममा रहनेलाई भेन्टिलेटरमै राखेर उपचार गर्न मिल्नेसम्मको व्यवस्था मिलाइएको छ । 

यहाँका निजी तथा सामुदायिक अस्पतालले यो काममा सहकार्य गरेका छन् । यस्तै औषधि व्यवसायीहरुले पनि विशेष अभियानमा सहकार्य गरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

उपमहानगरपालिका प्रमुख सुवेदीको नेतृत्वमा प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, मेसु राजेन्द्र खनालसहित सुरक्षाकर्मीको टोली निर्माण स्थल बुटवल धागो कारखाना परिसरमा खटिएको थियो । कोरोना आइसोलेसन अस्पतालमा प्रादेशिक अस्पतालमा पुगेका र त्यहाँ बेड नपाएर वेटिङमा रहेकालाई ल्याइने मेसु डा.खनालले बताए । 

डब्लूएचओका प्रतिनिधिद्वारा निरीक्षण
यसैबीच बुटवल उपमहानगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा निर्माण भएको आइसोलेशन अस्पतालको विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले निरीक्षण गरेका छन् । उक्त संगठनका प्रतिनिधि डा.श्रूति नेपालको टोलीले आइतबार अपरान्ह आइसोलक कक्षको निरीक्षण गर्दै उपयुक्त रहेको प्रतिक्रिया दिएका छन् । 

बुटवल उपमहानगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पताल र यहाँका निजी तथा सामुदायिक अस्पताल एवम् औषधि व्यवसायीसंगको सहकार्यमा क्वारेन्टाइन र आइसोलेशन कक्ष निर्माण गरेकोप्रति सराहना गर्दै यहाँका राजनीतिक दलहरुले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । 

आइसोलेन अस्ताल परिसरमै खटिएका प्रमुख सुवेदीलाई भेट गर्दै राजनीतिक दलका नगरस्तरीय नेताहरुले महाविपत्तीको सामना गर्न आफुहरु सहकार्यका लागि तयार रहेको प्रतिबद्धता जनाएका थिए । 

क्वारेन्टाईनका लागि सय कोठा तयार 

बुटवलमा क्वारेन्टाइनका लागि हाल बिदा भएका र एसइइको केन्द्र समेत नतोकिएका सामुदायिक विद्यालयका करिब एक सय कोठाहरुलाई प्रयोग गर्नेगरी तयारी अवस्थामा राखिएको छ ।

बुटवल उपमहानगरका स्वास्थ्य तथा जनशंख्या महाशाखा प्रमुख मित्रमणी खनालका अनुसार एक सय कोठालाई तयारी अवस्थामा राखिएको छ । ती स्थलमा उपयुक्त शौचालय, स्नानागार, भान्सा कोठादेखि उपयुक्त विस्तारासम्मको व्यवस्था मिलाउने काम भएको खनालले बताए  ।  

जोगिनु नै उत्तम उपाय
कोरोनाको संक्रमणबाट बच्नका लागि माक्सको प्रयोग गर्ने, भिडभाड भएको स्थानमा नजाने, बारम्बार साबुन पानीले हात धुने, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने, संक्रमणको लक्षण देखिए सेल्फ क्वारेन्टाइनमा बस्ने, सेनेटाइजरको प्रयोग गर्ने, सरसफाइमा ध्यान दिएर नागरिक आफै जिम्मेवार बन्न सके कोरोनाको संक्रमणबाट बच्न सकिन्छ । यस्ता कार्यमा सरकारलाई मात्रै औला ठडयाउनुभन्दा हामी सवै समयमै सचेत र सजग हुन जरुरी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x