माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
चैत १०, २०७६
विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोभिड १९ (कोरोना) भाइरसले हालसम्म ३ लाख ३८ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने साढे १४ हजार जनाले ज्यान गुमाएका छन् । नेपालमा भने हालसम्म एक जना मात्र संक्रमित भएको र ती व्यक्ति पनि निको भएर घर फर्किएको सरकारी तथ्यांक छ ।
करीब १ सय ८७ देशमा कोरोनाको संक्रमण फैलिसकेको स्थितिमा नेपाल अपवाद हुन सक्ला त ? कतिपय सरकारी अधिकारीहरू नेपाल अपवाद हुन नसक्ने बताउँछन् ।
'आज, भोलि या पर्सि जहिले भएपनि नेपालमा कोरोना देखिन सक्छ र सरकार त्यही अनुसारको तयारीमा छ,' एक उच्च सरकारी अधिकारीले लोकान्तरसँग भने, 'तर यस्तो अवस्थामा हामी त्रसित हुनु हुँदैन । विश्वका लगभग सबै देशहरूमा देखिएको कोरोनासँग लड्न नेपाल सरकार तयार भएर बसेको छ ।'
ती अधिकारीले भारतमा नदेखिँदासम्म आफूहरू ढुक्क रहेको सुनाए । 'भारतमा नदेखिने बेलासम्म हामी ढुक्क थियौं,' उनले भने, 'अहिले त्यो स्थिति रहेन । कुनै पनि बेला संक्रमण नेपालमा देखिन सक्छ । हामी त्यसका लागि तयार भएर बसेका छौं ।'
केही दिनअघि सरकारले परीक्षण नै नगरी संक्रमण नभएको दाबी गरेर जनतालाई गुमराहमा राखेको आरोप लगाएका वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले नेपालमा कोभिड १९ भाइरस आइसकेको दाबी गरेका छन् । डा. दीक्षितले लोकान्तरसँग भने, ‘नेपालमा भाइरस आइसकेको तर त्यसले रोगको रूप लिन बाँकी रहेको मेरो अनुमान छ । भाइरस शरीरमा प्रवेश गरेपछि बाहिर देखिन केही दिन वा हप्ता पनि लगाउन सक्छ ।’
डा. दीक्षितले कोरोना परीक्षण गर्ने किट नै नभएको आरोप लगाएका थिए । उनको दाबीलाई पुष्टि भने सरकारी अधिकारीहरूले नै गरेका छन् । बिहीवार एक दैनिक पत्रिकासँग कुरा गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले कोरोना परीक्षण किट जम्मा १ हजार ५०० वटाको हाराहारीमा रहेको बताएकी थिइन् ।
डा. दीक्षितले ५३० जनामा परीक्षण भइसकेको भए त्यो किटको संख्या १ हजार वटामा झरेको र त्यसलाई सरकारको तयारी भन्नै नमिल्ने दाबी गरे । ‘किट त रैनछ त !’ डा. दीक्षितले आश्चर्य प्रकट गरे, ‘१ हजार वटा किटले के हुन्छ ?’
सरकारले कमजोरीसहित नै भएपनि कोरोनालाई रोकथाम गर्न भगिरथ प्रयत्न गरेको छ । संक्रमित देशबाट अथवा ती देशमा ट्रान्जिट हुँदै नेपाल आउन प्रतिबन्ध लगाइएको भएपनि शनिवार सिल्क एयरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न अनुमति दिइएको थियो । सरकारले यस्तो जोखिमयुक्त निर्णय किन लियो भन्ने जवाफ सरकारले नै देला ।
तर संक्रमित देश हुँदै नेपाल आएका करीब १ सय जना यात्रुहरूलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टाइनमा राख्ने, नियमित परीक्षण गरिरहने र निगरानीमा राख्नुपर्ने कर्तव्यबाट भने सरकार च्यूत हुनु हुँदैन ।
सचेत नागरिकको भूमिका
यस्तो बेलामा सचेत नागरिकले देशमा फैलिएको आतंक कम गर्न केही भूमिका खेल्नुपर्ने जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डे बताउँछन् । उनले सरकारले चालेको कदममाथि विश्वास गर्नुपर्ने र सरकारले दिएको आधिकारिक सूचना मात्रै पत्याउनुपर्ने बताए ।
'यतिबेला सचेत नागरिकले गर्न सक्ने एउटै कुरा छ, त्यो हो घरमै बस्ने,' डाक्टर पाण्डेले लोकान्तरसँग भने, 'घरमा बुढाबुढी छन् भने तिनीहरूको केयर गर्नुपर्छ । अन्य बिरामी कोही छ भने त बिल्कुलै बाहिर निस्कनु हुँदैन ।'
डाक्टर पाण्डेले कोरोनाबारे सही र प्रमाणित सूचना मात्रै सामाजिक सञ्जालमार्फत दिने गर्नु नै असल नागरिकको कर्तव्य रहेको बताए ।
'अहिलेसम्म कोरोना संक्रमित भएकामध्ये २ देखि ३ प्रतिशत मात्र मृत्युको मुखमा पुगेका छन्,' उनले भने, 'त्यो पनि बच्चाबच्ची र युवामा निकै कम देखिएको छ । त्यसैले आवश्यक जोहो गरेर घरमै बस्नु र रुघाखोकीसँग सम्बन्धित लक्षण देखिएमा तत्काल अस्पताल जानु र अरूलाई जान सल्ल्लाह दिनु नै अहिलेको सबैभन्दा ठूलो र महत्त्वपूर्ण काम हो ।'
विशेष गरेर भारतसँग सीमा जोडिएका स्थानहरूमा त्यहाँका सचेत नागरिक र जनप्रतिनिधिहरूले मान्छेहरूको आवागमनलाई रोक्ने पहल गर्नुपर्ने र शंकास्पद क्षेत्रबाट आएकाको विशेष निगरानी गर्नुपर्ने डाक्टर पाण्डेको भनाइ छ ।
जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले नेपालमा अहिलेको अवस्थामा कमसेकम १ लाख किट हुनुपर्ने बताए । ‘एकैचोटी हजारौंमा परीक्षण गर्नुपर्ने भयो भने के हुन्छ ?’ उनले प्रश्न गरे, ‘सरकारले तत्काल किन्ने हो भने किन्नुपर्छ, नत्र माग्ने हो भने चीन, युरोप लगायतका देशबाट मागिहाल्नुपर्छ ।’
बढ्दै परीक्षणको दायरा
परीक्षण नै नगरी सरकारले कोरोना छैन भनिरहेको आरोप लागिरहेका बेला स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठले परीक्षणको दायरा बढाउन लागिएको बताएका छन् । कोभिड १९ संक्रमणको सम्भावना देखिएका जो कोहीलाई पनि परीक्षण गर्ने तयारी सरकारले अघि बढाएको उनले लोकान्तरलाई बताए ।
‘हामीले हाम्रो परीक्षणको दायरा बढाउने भएका छौं,’ डा. श्रेष्ठले भने, ‘६० वर्षभन्दा माथिका तर यसअघि कुनै रोगको परीक्षण नभएकालाई कोरोना संक्रमणको लक्षण देखिएका आधारमा तत्काल परीक्षण गर्नेछौं ।’ उनले निरन्तर खोकी लागिरहनेलाई पनि तत्काल परीक्षण गरिने बताए ।
डा. श्रेष्ठले नेपाल आउने भारतीयहरू अहिले निगरानीमा रहेको बताए । ‘हामीले भारतबाट आउनेहरूलाई निरन्तर निगरानी गरेका छौं, नेपाल भित्रिनेहरूको शतप्रतिशत स्क्रिनिङ गर्छौं,’ डा. श्रेष्ठले भने, ‘भारतबाट आउने संक्रमणबाट नेपाललाई जोगाउन सक्यौं भने हामी जोगिन्छौं ।’
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...