कोरोनाको त्रासले थुनामा रहेका अभियुक्त धरौटी र तारेखमा रिहा

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी हिरासतको चाप घटाउने रणनीति लिएको छ ।

प्रहरी हिरासतमा रहेका सामान्य प्रकृतिका मुद्दाका अभियुक्त रिहा हुन थालेका छन् ।


Advertisement

कोरोना भाइरस संक्रमणको त्रास रहेका बेला प्रहरीको थुनामा भीडभाड हुँदा असुरक्षा हुने भएकाले प्रहरीले थुनुवालाई छिट्टै मुद्दा हेर्ने निकायमा पेश गरेर पुर्पक्षका लागि थुनामा वा रिहा गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले कोरोना सर्ने खतराका कारण सामान्य प्रकृतिका मुद्दाका थुनुवालाई रिहा गर्ने रणनीति रहेको बताए ।


Advertisement

प्रहरी नायव उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले आइतवार १२ जनालाई मुद्दा हेर्ने निकायमा पेश गरिएकोमा ४ जना पुर्पक्षका लागि थुनामा पठाइएको र ८ जनालाई रिहा गरिएको बताए । 

सोमवार समेत १० जनाजति थुनुवालाई मुद्दा हेर्ने अधिकारीसमक्ष पेश गरेर कानून बमोजिम हुने उनले बताए । प्रहरी कार्यालयको हिरासतमा ६० जना छन् ।

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्