कर्णालीका मुख्यमन्त्री शाहीले गरे अत्यावश्यकबाहेक सबै भेटघाट बन्द

शेरबहादुर थापा
शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

फाइल फोटो

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अत्यावश्यकबाहेक सबै भेटघाट बन्द गरेका छन् ।

कोरोना संक्रमणको जोखिम कम गर्न अत्यावश्यकबाहेक भेटघाट सोमवारदेखि बन्द गरिएको मुख्यमन्त्री शाहीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले जानकारी दिए । 


Advertisement

‘मुख्यमन्त्री शाहीले कोरोना भाइरसले निम्त्याएको संकटको समाधानका लागि उच्च सावधानी अपनाउन सर्वसाधारण नागरिकलाई आग्रह गर्नुभएको छ,’ सल्लाहकार शर्माले भने, ‘विश्वव्यापी समस्याको रुपमा रहेको कोरोना भाइरसको संकट समाधान गर्न स्वास्थ्य निर्देशिकाको अनिवार्य रुपमा पालना गर्नु अहिलेको मुख्य दायित्व हो । मुख्यमन्त्री शाहीले सबै नागरिकलाई सचेत र सतर्क रहन आग्रह गर्नुभएको छ ।’ 

संक्रमणबाट जोगिन प्रत्येक नागरिक आफैंले पनि उच्च सावधानी अपनाउन, अनावश्यक हिँडडुल नगर्न, भेटघाट तथा सम्पर्क नगर्न, भीडभाड तथा बजारमा नजान र स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीले दिएको सुझाव अवलम्वन गर्न पनि मुख्यमन्त्री शाहीले आग्रह गरेको सल्लाहकार शर्माले बताए ।


Advertisement

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार गम्भीरताका साथ लागिरहेकाले अनावश्यक हल्लाको पछि नलाग्न र त्रसित नहुन पनि मुख्यमन्त्री शाहीले अनुरोध गरेको सल्लाहकार शर्माले बताए । 

कोरोनाको संकट समाधान गर्न सरकारले अघि सारेको प्रतिकार्य योजनालाई साथ दिन आग्रह गर्दै मुख्यमन्त्री शाहीले सरकारका आधिकारिक निकाय, स्वास्थ्य संस्था, सुरक्षा निकायको निर्देशनलाई पालना गर्न र सहयोग गर्न सबै नागरिकलाई अनुरोध गरेका सल्लाहकार शर्माले जानकारी दिए ।

शेरबहादुर थापा
शेरबहादुर थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्