पुस ११, २०८०
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
अंग्रेजी वर्ष सन् २०१९ को अन्तिम दिन चीनबाट शुरू भएको र पछि कोभिड– १९ नाम दिइएको कोरोना भाइरसको संक्रमणले यतिबेला विश्वलाई शिथिल बनाइदिएको छ ।
कोरोनाका कारण सन् १९४५ को विश्वयुद्धको समयभन्दा भयानक अवस्थाको सिर्जना यतिबेला भएको छ ।
कोरोनाको असर नेपालमा पनि देखिइसकेको छ ।
फ्रान्सबाट नेपाल फर्किएकी १९ वर्षीया विद्यार्थीमा गरिएको परीक्षणमा कोरोनाको संक्रमण देखिएपछि उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
नेपालमा कोरोनाको संक्रमण पुष्टि भएपछि अझै सतर्कता अपनाउनु पर्ने बेला आएको छ । नेपालमा यसअघि पनि एक जनामा कोरोनाको संक्रमण देखिएको थियो र उनी निको भइसकेका छन् ।
सोमवारको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यो रोगको टिकाणुलाई लुकाएर राज्यले कुनै बहादुरी प्रकट गर्दैन, न त्यसबाट राज्यको हित हुन्छ भनेर बहुतै सहजताका साथ सूचना बाहिर ल्याएको बताएका छन् ।
सही र पारदर्शी सूचनाले नागरिकलाई सजग तुल्याउने मात्र होइन, गलत र अफवाह फैलाएर समाजलाई आतंकित बनाउने तत्व पनि निरुत्साहित हुन्छन् ।
कोरोना संक्रमणविरुद्ध सरकारले लिएका पछिल्ला नीति सही छन् । सरकारले आइतवार मात्र भारत र चीनसँगका नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।
लामो दूरीका सार्वजनिक यातायात र अन्तर्राष्ट्रिय हवाइ सेवा पनि बन्द गरिएका छन् । सरकारले अत्यावश्यक बाहेकका सरकारी सेवा पनि बन्दको निर्णय गरेको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीय सरकारहरूले समेत देशका विभिन्न स्थानमा क्वारेन्टाइन र आइसोलेलन वार्डको व्यवस्था गरेका छन् । यी प्रयासले कोरोनाविरुद्धको लडाईंमा सरकारलाई सफलता मिल्ने विश्वास गरौं ।
कोरोना भाइरस पत्ता लागेको ८५ दिनसम्म विश्वमा कतैपनि यसको औषधि र भ्याक्सिन पत्ता लागेको छैन ।
कालो बादलभित्र चाँदीको घेरा भनेजस्तै यो विपत्तिको समयमा एउटा सकारात्मक कुरा भनेको जहाँबाट यसको उत्पत्ति भएको त्यहाँ अर्थात् चीनको वुहानमा यो नियन्त्रणमा आएको छ । त्यसकारण पर्याप्त सावधानीले यसको संक्रमण रोक्न सकिन्छ ।
कोरोनाको एउटा मामुली भाइरसले आज विश्व समुदायलाई थला पारेको छ । मानव सभ्यताको इतिहासमा यस्तो संकट बिरलै आएको इतिहासमा पढ्न पाइछ ।
विश्व महाशक्ति राष्ट्र अमेरिका, स्वास्थ्य र सामाजिक सुरक्षाको क्षेत्रमा अब्बल मानिएका युरोपेली मुलुक पनि यसबाट अछुतो रहन सकेका छैनन् । चीनबाट सल्किएको संक्रमणले अहिले सबभन्दा बढी युरोपेली मुलुकलाई प्रभावित बनाएको छ ।
कोरोनाले सिर्जना गरेको संकट विश्वकै लागि संकट हो, ढिलोचाँडो यो महामारीको अन्त्य पक्कै हुनेछ । विश्व नै भयानक संकटमा फसिसकेको यो अवस्थामा हामीले पनि धैर्यता र संयमता अपनाउनुको विकल्प रहेन ।
विज्ञ चिकित्सकहरूले घरमै बस्न, धेरै व्यक्तिसँग घुलमेल नहुन, पटक–पटक हात धुन तथा गलत सूचना र अफवाहबाट मुक्त रहन सुझाव दिएका छन् । यस्तो बेला नागरिकले धैर्यता र संयमता अपनाउनुको विकल्प छैन ।
यो महामारीबाट नेपाल लगायत विश्वले छिटै मुक्ति पाओस् भन्ने कामना गरौं ।
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...