सावधान ! विज्ञ भन्छन्– औंठी तथा सिक्रीबाट पनि सर्न सक्छ कोरोना

काेराेना भाइरस (कोभिड–१९)को स‌ंक्रमणको जोखिम न्यूनिकरणका लागि नियमित सरसफाइ गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले आफूले लगाउने औंठी तथा घडीबाट पनि संक्रमण हुन सक्ने बताएका छन् ।

हेर्नुस् कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि डा.पाण्डेले दिएका सुझावहरू :


Advertisement

– हातमा औंठी तथा घडी नलगाऔं। साबुनले हात धोएपनि औंठी तथा घडीको पछाडि भाइरस रहन सक्छन।
– नंग नपालौं।
– बाहिरबाट घर आएपछि मोबाइल फोन, चस्मा, ब्याग, कपडा, जुत्ता, मोजा, साँचो, आदिलाई घाममा सुकाउने गरौँ।
– सकभर पत्रिका घरभित्र नराखौं। अनलाइन संस्करण पढौं।
– पैसाबाट कोरोना भाइरस सर्न सक्छ। पंजा लगाएर पैसाको काम गरौँ। पैसालाई घाममा राखौं।
– दुधको प्याकेट, बजारबाट ल्याएको सामान, अनलाइन अर्डर गरेका सामानलाई निस्संक्रमण गरौँ।
– अन्य व्यक्ति भेट्ने कोठामा एक्जिट फ्यान राख्ने, झ्याल खोल्ने गरौँ।
– स्विमिंग नगरौं।
– दाहिने हातलाई (बायाँ हात चलाउनेले बायाँ हात ) अनुहार छुनबाट नियन्त्रण गरौँ।
– मान्छेभन्दा अलि टाढा गएर खोक्ने, हाच्छ्युं गर्ने गरौँ।
– बाहिरका सबै सामान र सबै व्यक्तिलाई शंका गरौँ। घरभित्र आउँदा आफुलाई शंका गरौँ।
– मास्कलाई कहिल्यै पनि खल्ती वा ब्यागमा नराखौं। घरबाहिर सुरक्षित तरिकाले डिस्पोज गरौँ।
– देवता सर्वव्यापी हुन्छन् भन्ने मान्यता राख्नुहुन्छ भने घरबाट नै पुजा गरौँ।
– हरेक व्यक्तिसंग १.५ मिटरको दुरी कायम गरौँ।
– पाहुना जाने, बोलाउने संस्कृतिलाई स्थगित गरौँ।
– हतारिएर धेरै सामग्री तथा औषधि संकलन नगरौं। संक्रमण भयो भने तपाइंले जम्मा गरेका औषधि उपयोगी हुँदैनन्। त्यस्तै तपाईलाई संक्रमण भयो भने तपाइंले किनेका खाध्य पदार्थ तपाईंले खान सक्नुहुन्न।
– कडा औषधि तथा स्टेरोइड सेवन नगरौं। गरेका छौं भने आफ्नो चिकित्सकलाई जानकारी दिएर घटाउदै हटाउने तरिका सिकौं।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्