कोरोना त्रास : कुकुर डुलाउन ड्रोनको प्रयोग (भिडियो)

साइप्रसमा एक मानिसले कोरोनाभाइरसको लकडाउनका कारण कुकुर डुलाउन ड्रोन प्रयोग गरेका छन् । 

भाकिस देमेत्रिउले आफ्नो इन्स्टाग्राम अकाउन्टमा कुकुर ओलिभरलाई सडकमा डुलाएको अनि एउटा सानो ड्रोनले डोरी तानेर पछि लागेको भिडियो अप्लोड गरेका छन् । 


Advertisement

‘क्वारेन्टाइनमा पाँचौं दिन,’ उनले लेखे । ‘घरमा सुरक्षित रहनुस् तर कुकुरको खुशीलाई पनि विचार गर्नुस् ।’

देमेत्रिउले नजिकैको बाल्कोनीमा बसेर ड्रोन चलाएका थिए भने उनका साथीले कुकुर र ड्रोनको भिडियो खिचेका थिए । 


Advertisement

भिडियो रमाइलो खालको भए पनि ड्रोनले कुकुर डुलाउने सम्भावना त्यति हुँदैन । 

सौखले चलाइने ड्रोनको औसत तौल १० किलो हुन्छ भने एक वयस्क पोमेरियनको तौल ९ देखि १७ किलो हुन्छ ।

कुकुरले ड्रोनलाई घिसारेर बिगार्ने सम्भावना रहन्छ । अनि शक्तिशाली व्यापारिक ड्रोनले चाहिँ कुकुरको जीवन नै खतरामा पार्न सक्छ किनकि ड्रोनले कुुकुरलाई हावामा उचाल्ने वा भुइँमा घिसार्ने सम्भावना रहन्छ । 

कुकुर डुलाउन यसअघि पनि ड्रोन प्रयोग गरिएका थिए तर कुकुरले दिसा गरेमा ड्रोनले उठाइदिँदैन । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्