×

NMB BANK
NIC ASIA

विज्ञको सुझाव- वृद्धवृद्धालाई घरभित्रै राख्नुस्

चैत ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 ७० वर्ष कटेका वृद्धवृद्धामा कोभिड–१९ संक्रमणको जोखिम बढी हुने भनिए पनि विशेष सावधानी अपनाए सुरक्षित हुन सकिने चिकित्सकले बताएका छन् । कडा रोग र दीर्घरोगीबाहेक अन्यलाई संक्रमण भइहाले पनि मृत्युको जोखिम न्यून हुने उनीहरूको भनाइ छ ।

Muktinath Bank

ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेलका अनुसार बढ्दो उमेरसँगै रोग प्रतिरोधात्मक क्षमता घट्ने भएकाले वृद्धवृद्धामा सबै रोगको जोखिम हुन्छ, कोरोनाको हकमा पनि यो लागू भएको मात्रै हो। कोरोनाले उनीहरूलाई मात्रै आक्रमण गर्ने भन्ने होइन।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अंग प्रत्यारोपण गरेका, मुटु, कलेजो र श्वासप्रश्वासका बिरामीलाई कुनै पनि संक्रमणले छिट्टै समात्ने हुनाले यो समयमा विशेष सतर्कता अपनाउन विज्ञले सुझाएका छन्। ‘जोखिमको सम्भावना भए पनि कोरोना फैलिएका मुलुकको तथ्यांक हेर्दा १५ प्रतिशत वृद्धवृद्धाको मृत्युदर देखिएको छ भने ८५ प्रतिशत संक्रमणमुक्त भएका छन्,’ डा. कँडेलले भने, ‘अहिलेको अवस्थामा वृद्धवृद्धाले सेल्फ क्वारेन्टाइनमा बसेर आफूलाई सुरक्षित राख्न सक्छन्।’ सकेसम्म पूजा, भजन या कुनै पनि सार्वजनिक समारोहमा नजान उनको सुझाव छ।
वृद्धवृद्धामा हल्का बिराम देखिनु स्वाभाविक भन्दै विज्ञले रुघाखोकी या हल्का ज्वरो आउँदैमा नआत्तिन पनि सुझाव दिएका छन्। ‘घरमै बसेर आराम गर्ने, बाहिर हिँडडुल नगर्नेलाई कम जोखिम छ,’ उनले भने, ‘मौसमी रुघाखोकी हुँदैमा कोरोना भइहाल्यो भने डराउनु बेकार हो।’ हेलचेक्र्याइँ गरे प्रतिरोधात्मक क्षमता कमजोर भई फोक्सोमा निमोनिया भएर मृत्यु हुने सम्भावना बढी हुनेमा पनि उनले सचेत गराए।


Advertisment
Nabil box
Kumari

जनस्वास्थ्यविद् डा. समीर दीक्षितका अनुसार मधुमेह, उच्च रक्तचाप र कडा रोगीले विशेष सावधानी अपनाए सुरक्षित भइन्छ। ‘घरभित्रै बस्नुपर्छ, मर्निङ वाक नगए हुन्छ,’ उनले भने, ‘बाहिर निस्कनैपरे मास्क लगाएर निस्कँदा केही हदसम्म जोगिन सकिन्छ।’ अहिलेको अवस्थामा वृद्धवृद्धाले रुघाखोकी, ज्वरो आएका आफन्तसँग भेटघाटसमेत कटौती गर्नुपर्ने उनले बताए। संक्रमणको त्रासकै कारण खान मन नलाग्ने, चिन्ता मात्रै लाग्ने या मन आत्तिए चिकित्सकसँग परामर्श लिन उनले सुझाव दिए।

Vianet communication
Laxmi Bank

श्वासप्रश्वास रोग विशेषज्ञ डा. नीरज बमका अनुसार वृद्धवृद्धामै दमको बढी रोग छ। कोरोना भाइरसले पनि फोक्सोमै आक्रमण गर्ने भएकाले यो उमेरका व्यक्ति बढी जोखिममा छन्। कोरोना भाइरसले विशेष गरी श्वासनलीमा एक खाले रसायन पैदा गरेर संक्रमण गराइदिन्छ र पहिलेदेखि नै फोक्सोको समस्या भएका बिरामीलाई मृत्युको मुखसम्म पुर्‍याउँछ। ‘दमका रोगी घरबाटै बाहिर ननिस्कनु राम्रो,’ उनले भने, ‘आकस्मिक नपरेसम्म अस्पतालसमेत नआउनू भनेर दमका बिरामी हामीले डिस्चार्ज गरिसक्यौं।’ दम र निमोनियाका बिरामीले घरमै क्वारेन्टाइनमा बस्ने, कसैसँग घुलमिल नहुने गरेमा धेरै हदसम्म जोगिने उनले बताए।

मन आत्तिए टोल फ्री
विश्वव्यापी महामारी बनेको कोरोना त्रासले मानसिक रोगी झनै अत्तालिएका छन्। ‘उनीहरूमा हामीलाई पनि कोरोना लाग्ने हो कि भन्ने मनस्थिति भइसक्यो,’ मनोचिकित्सक डा. कमल गौतमले भने, ‘रोग लागिहाले पनि धेरै मान्छे निको हुन्छन् भनेर मनोपरामर्श आवश्यक छ।’ अहिले अस्पतालका आकस्मिकबाहेक सेवा बन्द भएपछि बिरामी झनै आत्तिने भएकाले फोनबाटै उपचार गर्न सकिने उनले बताए। यसका लागि बहुसांस्कृतिक तथा सामाजिक संस्था (टीपीओ नेपाल) को निःशुल्क हटलाइन नम्बरमा फोन गरेर परामर्श गर्न सकिन्छ।

यसका लागि बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म जुनसुकै बेला टोल फ्रि नम्बर १६६००१०२००५ मा फोन गरेर परामर्श लिन सकिने डा. गौतमले बताए। रिदम न्युरो साइक्याट्री अस्पतालका मनोचिकित्सक डा. रितेश थापाले बिहान साढे ७ देखि ९ बजेसम्म ९८१४२६७२४२ मा फोन गरेर मनोपरामर्श गर्न सकिने जानकारी दिए। कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x