‘लक–डाउन’मा बाधा पुर्‍याएको आरोपमा सुर्खेतमा २ युवा पक्राउ

शेरबहादुर थापा
शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

प्रतिकात्मक तस्वीर

जिल्ला प्रहरी कार्यालय सुर्खेतले २ युवालाई नियन्त्रणमा लिएको छ ।

‘बिहानै ‘लक–डाउन’ निर्देशन मान्न भन्दै आग्रह गरेका थियौं । सोही समयमा प्रहरीले गरिरहेको काममा अवरोध पुर्‍याउन खोज्ने २ जनालाई हामीले नियन्त्रणमा लिएका छौं,’ प्रहरी निरीक्षक गोपाल रायमाझीले भने, ‘यसका अलावा २१ जनालाई सम्झाइबुझाई छोडिएको र ३७ वटा स्कुटी तथा मोटरसाइकलको साँचो होल्ड गरेका छौं ।’


Advertisement

पक्राउ परेका युवालाई साँझ छाडिने उनले बताए । प्रहरीले पक्राउ परेका युवाको नाम सार्वजनिक गरेको छैन । 

कोरोना भाइरसको संक्रमण फैलिन नदिने सरकारले मंगलवारदेखि देशभर लक–डाउन आदेश जारी गरेको छ ।


Advertisement

शेरबहादुर थापा
शेरबहादुर थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्