चीनमा देखिएको हान्टा भाइरस कसरी फैलिन्छ ?

चीनमा वुहानमा कोरोना भाइरस नियन्त्रणमा आइसकेको छ। तर फेरि अर्काे भाइरसका कारण एक जनाको ज्यान गएको छ।

याे भाइरसको नाम हो, हान्टा। यद्यपि यो नयाँ भाइरस भने होइन। हान्टा भाइरस विश्वका विभिन्न क्षेत्रमा पहिलेदेखि नै छ। विशेषगरी एसिया र  अफ्रिकी मुलुकसहित अमेरिकामा पनि हान्टा भाइरस यसअघि नै देखा परिसकेको छ।


Advertisement

चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले लेखे अनुसार काम सकेर सान्डोग प्रान्त फर्किरहेका एक व्यक्तिमा यस खाले भाइरस संक्रमण रहेको फेला परेको हो।  

हान्टा भाइरस कुनै एउटा भाइरस हुँदैन। बरु कयौँ भाइरसको समूहलाई यस नामबाट सम्बोधन गरिन्छ। यो भाइरस मुसा प्रजातिमा पाइन्छ। तर यो भाइरसले मुसालाई कुनै हानि गर्दैन। यो एक मानिसबाट अर्को मानिसमा पनि सर्दैन।


Advertisement

रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सीडिसी) रिपोर्ट अनुसार हान्टाको संक्रमण देखिन एकदेखि ८ हप्तासम्म लाग्न सक्छ।

हान्टा भाइरसबाट संक्रमितलाई हल्का खोकी लाग्छ। वा फ्लू हुन्छ, श्वासप्रश्वाससम्बन्धी समस्या पनि देखा पर्छ। यसबाट लगातार रगत बग्ने र किडनीको बिरामी समेत हुनसक्छ।

अमेरिकामा पाइने हान्टा भाइरसलाई न्यू वर्ल्ड हान्टा भाइरस भनिन्छ। हान्टा भाइरस पल्मनेरी सिन्ड्रोम (एचपीएस) पनि भनिन्छ। यो भाइरस मुसाको पिसाव र दिसामा पाइन्छ।  मुसाको पिसाव र दिसाको सम्पर्कमा आउदा यो भाइरस मान्छेमा पुग्न सक्छ। 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्