‘लकडाउन’मा समस्या परे ११८० मा फोन गर्नुहोस्

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले निषेधाज्ञा जारी गरेपछि राजधानी काठमाडौं ‘सेल्फ क्वारेन्टाइन’मा छ । सर्वसाधारण घरबाहिर निस्किएका छैनन् । अत्यावश्यक काममा बाहेक सवारीसाधन गुडेका छैनन् । तर, यस्तो वेला कुनै समस्या परे कसलाई, कसरी सम्पर्क गर्ने ? भन्ने जनकारी नहुन सक्छ । त्यस्तै, जिज्ञासा र समस्या समाधान गर्न काठमाडौं महानगरपालिकाले हटलाइन टेलिफोन सेवा सुरु गरेको छ । 

महानगरले सर्वसाधारणको सुविधाका लागि हटलाइन नम्बर ११८० सञ्चालनमा ल्याएको हो । यस्तै, कोरोनासँग सम्बन्धित जानकारी वा परामर्श आवश्यक परे मोबाइल नम्बर ९८४९८५६६७१, ९८४९८५६६७२ र ९८४९८६०५४७ मा समेत सम्पर्क गरेर जानकारी लिन सकिने महानगरपालिकाकी जनस्वास्थ्य अधिकृत मञ्जु मास्केले जानकारी दिइन् । महानगरले हटलाइन सञ्चालनमा ल्याए पनि देशभरबाट सोधपुछका लागि फोन आइरहेको छ । 


Advertisement

दैनिक सयौँको संख्यामा फोन गर्ने सर्वसाधारणले कोरोना भाइरसको प्रारम्भिक संक्रमणका लक्षण, रोकथाम, औषधोपचार, अन्य सेवा, निषेधाज्ञाको अवधिमा गर्न मिल्ने र नमिल्ने कार्यलगायत विषयमा सोधेका छन् । समस्या र सूचनाका लागि फोन गर्नेहरूलाई जनस्वास्थ्य अधिकृतसहितको विज्ञको टोलीले २४सैँ घन्टा समस्या समाधानका उपाय र परामर्श गरिरहेको जनस्वास्थ्य अधिकृत मास्केले बताइन् ।

सतर्क रहन मेयर शाक्यको अपिल


Advertisement

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना भाइरसको महामारीबाट बच्न र बचाउन सार्वजनिक अपिल गरेका छन् । मेयर शाक्यले कुनै पनि समस्या परे सहयोगका लागि आफू, महानगरपालिकाका सबै जनप्रतिनिधि र सिंगो टिम तयार रहेको बताएका छन् । सरकारले जारी गरेको निषेधाज्ञालाई इमानदारीपूर्वक पालना गर्न र कोरोना संक्रमण फैलिन नदिन उनले आग्रह गरेका छन् । नयाँ पत्रिकामा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्