मंसिर ९, २०८०
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
रोबर्टो टोनेलीले आगामी सेप्टेम्बर महिनामा हुने विवाहको तयारी गरिरहेको बेलामा उत्तरी इटलीको मोडेना शहरमा कोरोनाभाइरस फैलियो । त्यसपछि उनी आफ्नी प्रेमिका इभाना कास्तानिएरका साथ कोरोनाविरुद्धको लडाइँमा होमिएका छन् ।
‘हामीहरू पहिलोपटक अस्पतालमा भेटेका हौं,’ ३१ वर्षीय टोनेलीले आफ्नो शिफ्ट सकिएपछि टाइम पत्रिकालाई बताए । ‘उनी मेरी हाकिम थिइन् ।’
अहिले उनीहरू एउटै अस्पतालमा पल्मनोलोजिस्टका रूपमा सँगै काम गरिरहेका छन् । हप्ताको ६ दिन कम्तीमा दिनको १४ घन्टा उनीहरू काममा खटिएका छन् ।
हप्तौं बित्दै जाँदा इटलीमा चिकित्सक र नर्सहरू भाइरस फैलिनबाट रोक्नका लागि अहोरात्र खटिएका छन् । इटलीमा चार हजारभन्दा बढी चिकित्सक र नर्सहरूमा संक्रमण देखिएको छ जुन देशभरिकै केसमध्ये ८ प्रतिशत जति भएको इटालियन नेसनल इन्स्टिच्युट अफ हेल्थले जनाएको छ ।
कोरोनाविरुद्धको अग्रपंक्तिमा रहेका धेरैजसोहरू प्रेमीप्रेमिका छन् ।
‘सबभन्दा झ्याउ भनेको त तपाईंले प्रेम गर्ने मान्छेले तपाईंले देख्नुपरेको कुरा नदेखोस् भन्ने चाहना हो,’ टोनेली भन्छन्, ‘तर म मास्क हटाएपछि तत्कालै उनको अनुहार हेर्न पाउँछु ।’
इटलीका साना शहरहरूमा चिकित्सकहरू मात्र सम्बन्धी हैनन् । आईसीयूमा आउने रोगीहरू पनि एकै परिवारका छन् ।
‘मोडेनामा हाम्रा पहिला रोगीहरू दाजुभाइ थिए,’ कास्तानिएरले भनिन् ।
केही दिनअघि उनीहरूले १३ वर्षीया बालिकालाई अस्पतालमा भर्ना गरे । त्यसको केही दिनपछि उनका पितालाई आईसीयू ल्याइयो ।
टोनेलीका बिरामीहरू प्रियजनसँग कुराकानी गर्न फोन आफैंसित राख्छन् । उनीहरू समाचार पढ्छन् र मृत्युदर देख्छन् । ‘उनीहरू मलाई सोध्छन्, म मर्छु होला ?’ टोनेली भन्छन् । ‘म आफना बिरामीहरूसँग कहिल्यै झूट बोल्दिनँ । म उनीहरूलाई भन्छु– हामीहरूले यो लडाइँ सँगै लड्नुपर्छ ।’
टोनेली र उनकी प्रेमिकाको दुई वर्षीया छोरी पनि छ । छोरी अहिले हजुरबा हजुरआमासँग बसिरहेकी छ । उनीहरूले छोरीलाई नदेखेको एक महिनाभन्दा बढी भइसक्यो ।
‘ऊ ठूली भएपछि हामीलाई नायक ठान्छे होला,’ कास्तानिएरले भनिन्, ‘उसले हाम्रो बाध्यता बुझ्छे होली ।’
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...