कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
विभिन्न देशमा वैदेशिक रोजगारीमा गएका नेपालीहरु गाउँ घर फर्किएपछि अहिले गाउँघरका स्थानीय मानसिहरु आतंकित बनेका छन् । कतार, मलेसिया, दुबई, साउदी अरेबिया तथा भारतका विभिन्न राज्यमा गएका नेपाली नागरिकहरु फर्किएपछि गाउँ घरका मानिसहरु आतंकित भएका हुन् ।
फर्किने मानिसहरु आफ्नो घरमा समेत सेल्फ-क्वारेन्टाइनमा नबसेर गाउँ डुल्दै हालखबर सोध्न थालेपछि डर नलाग्ने कुरै भएन । फर्किनेहरुमध्ये अझ केहीलाई ज्वरो तथा रुघाखोकीको लक्षण देखा पर्न थालेपछि त गाउँमा तनावको वातावरण सिर्जना भएको छ ।
धनुषाको कमला नगरपालिका वडा नम्बर २ तेलियाहाका संजय मण्डल कतार एयरवेजको विमानबाट चैत्र ७ गते काठमाडौं अवतरण भएका थिए । वैदेशिक रोजगारीका लागि गएका उनी कतारबाट ७ गते काठमाडौँ अवतरण गरेपनि ९ गते मात्र आफ्नो गाउँ तेलियाहा आए । उनी घर फर्किएको १ दिन पछि १० गतेदेखि नै उनलाई ज्वरो तथा रुघाखोकी लाग्न थालेपछि गाउँका मानिसहरु आतंकित भए । खबर पाए पछि उनलाई चैत्र ११ गते टेम्पुमा चढाएर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याउन भन्दै लग्ने प्रयास गर्दा प्रहरीले रोकेको थियो ।
अनि कमला नगरपालिकाका स्थानीय रहेका नेकपाका केन्द्रीय सदस्य तथा पूर्वस्थानीय विकासमन्त्री रामचन्द्र झाले अस्पताल पुर्याउन पहल गरे पनि असफल भयो । गाउँकै प्रहरीले उनलाई टेम्पुबाट नजान भन्दै एम्बुलेन्समार्फत मात्र जान सकिने भन्दै रोके ।
उनलाई कोरोनाकै संक्रमण भएको भनेर एकिन नभए पनि कतारबाट फर्किएका कारण गाउँका मानिसहरु आतंकित भएका छन् । ‘मैले धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलालाई समेत फोन गरेर खबर गरें,’ झाले लोकान्तरसँग भने, ‘अहिले धनुषामा क्वारेन्टाइनको व्यवस्था नभएकाले फिर्ता गरिएको भनेर उहाँले जवाफ दिनुभयो ।’
त्यसपछि उनले उपप्रधानमन्त्री ईश्वर पोखरेलको सचिवालयका स्वकीय सचिव दिपेन्द्र श्रेष्ठलाई समेत एसएमएस गरेर जानकारी दिएको बताए ।
‘गाउँमा एम्बुलेन्स नै छैन, जनकपुरका धेरै एम्बुलेन्सलाई फोन गरेपनि कुनै पनि एम्बुलेन्स आएन,’ कमला नगरपालिकाका नगर प्रमुख राम उदगार गोईतले भने, ‘तर आज बुधवार छिमेकी जनक नन्दिनी गाउँपालिकाको एम्बुलेन्समार्फत उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छु ।’
महोत्तरीमा पनि आतंक
महोत्तरीको लोहारपट्टी नगरपालिकाका विभिन्न गाउँमा पनि भारत र वैदेशिक रोजगारीबाट फर्किएका मानिसहरू खुलेआम हिंडडुल गर्दा स्थानीय आतंकित भएका छन् । स्थानीय आतंकित भएपछि नगरपालिकाका प्रमुख शैलेन्द्र कुमार यादवले प्रहरी, स्वास्थ्यकर्मी सहितको टोली लिएर, एम्बुलेन्ससहित चैत्र ११ गते साँझ विभिन्न गाउँमा पुगेर तापक्रम नाप्न लगाएका थिए ।
नगर प्रमुख यादवले दिएको जानकारी अनुसार लोहारपट्टी नगरपालिका वडा नम्बर ४ को खुट्टा गाउँमा ६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये भारतको मद्रासबाट फर्किएका रामक्लेश सदा र सुशील सदाको तापक्रम १ सय डिग्री फरेन्हाइट थियो ।
मद्रासबाट फर्केका बाँकी मानिसहरु राम एकवाल सदाको ९९ डिग्री फरेन्हाइट, दिपक सदाको ९९ डिग्री फरेन्हाइट, सन्तोष माझीको ९९.६ डिग्री फरेन्हाइट तापक्रम थियो । कतारबाट फर्किएका राधेश्याम यादवको भने तापक्रम ९९ डिग्री फरेन्हाइट थियो । १० दिनअघि कतार एयरवेजबाट गाउँ फर्किएका लोहारपट्टी नगरपालिका वडा नम्बर १ बगराका पुरण दासको तापक्रम ९६ डिग्री फरेन्हाइट मात्र रहेको उनले जानकारी दिए ।
त्यसै गरी नगरपालिकाको वडा नम्बर ३ महदैया तपनपुरमा समेत साउदी अरेबियाबाट फर्किएका अमनुल्लाह, ओसिन राईन कबारी, कतारबाट फर्किएका समसुद्दिन राईनको समेत तापक्रम मापन गरिएको उनले बताए । सामान्य ज्वरो तथा मौसमी रुघा खोकीसमेत भएपछि गाउँका मानिसहरु आतंकित हुन पुगेको उनले बताए ।
‘विभिन्न देशबाट मानिसहरु गाउँघरमा फर्किएपछि स्थानीयहरु कोरोनाको त्रासका कारण आतंकित भएका छन्,’ नगरप्रमुख यादवले भने, ‘मैले आफैं नेतृत्व गरेर स्वास्थ्यकर्मीसहितको टोली लिएर गाउँ गाउँमा पुगेर तापक्रम मापन गराउने काम शुरु गरेको छु ।’
नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अहिले फिभर क्लिनिकको रुपमा २४ घण्टा नै स्वास्थ्यकर्मी रहने गरी क्लिनिक संचालन गरेको उनले बताए । ‘त्यसका अतिरिक्त कोरोनाको लक्षण देखा परे लोहारपट्टीमै रहेको सहिद शिवचन्द्र मिश्रको आश्रममा २ शय्याको क्वारेन्टाइनको व्यवस्था मिलाएको छु,’ नगर प्रमुख यादवले भने, ‘भोजन, खानेपानी, प्राथमिक उपचारसहितको व्यवस्था मिलाइएको उनले बताए ।’
थप समस्या भए प्रादेशिक अस्पताल जनकपुरमा पुर्याउन समेत एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको उनले बताए ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...