×

NMB BANK
NIC ASIA

टोलटोलमा अत्यावश्यक वस्तु पुर्‍याउने तयारीमा छौँ – आपूर्तिमन्त्री भट्ट

चैत १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले साताव्यापी ‘लकडाउन’ गरेको छ । लकडाउनको आज दोस्रो दिन । नागरिकको दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन सरकार प्रयत्नशील छ । 

Muktinath Bank

सरकारले आफ्ना निकाय तथा सुरक्षाकर्मीको सहयोगमा सहज आपूर्तिका लागि भरमग्दूर प्रयत्न गरिरहेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग आपूर्तिको अवस्था र सरकारको तयारीका बारेमा कुराकानी गर्न आज बिहान रासस मन्त्रीनिवास पुल्चोक पुग्दा पनि उहाँ आपूर्ति व्यवस्थालाई थप सहज बनाउन खटिइरहेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले नेपाल–भारत सीमाक्षेत्र रक्सौलमा औषधि तथा औषधिजन्य सामग्री बोकेका १६ ट्रक रोकिएको सूचना कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका रहेछन् । उपप्रधानमन्त्री पोखरेलले आपूर्तिमन्त्री भट्टलाई त्यसबारेमा जिज्ञासा राख्दै थिए। 


Advertisment
Nabil box
Kumari

उपप्रधानमन्त्री पोखरेलले त्यसबारेमा तत्काल बुझेर जानकारी गराउन मन्त्री भट्टलाई आग्रह गरे। संयोजक पोखरेलको आग्रहलगत्तै मन्त्री भट्टले वाणिज्य सचिव डा बैकुण्ठ अर्याललाई औषधि रोकिएको विषयमा तत्काल बुझ्न निर्देशन दिनुभयो । एकैछिनमा सचिव डा अर्यालले बुझेर मन्त्री भट्टलाई भने,'मन्त्रीज्यू, ती औषधि बोकेका ट्रक रक्सौलबाट काठमाडौँ हिँडिसकेका छन् । केहीबेर मात्रै रोकिएका रहेछन् ।'

Vianet communication
Laxmi Bank

सचिव डा अर्यालको भनाइलगत्तै मन्त्री भट्टले पुनः उपप्रधानमन्त्री पोखरेललाई फोन गरेर भने,'मन्त्रीज्यू ती ट्रक काठमाडौँ हिँडिसकेका छन् । कुनै समस्या छैन । आजै काठमाडौँ आइपुग्छन् ।' कोरोनाका कारण पर्नसक्ने आपूर्ति प्रणालीको असरलाई कम गर्न सरकारले गरिरहेको प्रयासको यो सानो उदाहरण हो । मन्त्री, सचिव, सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय एवं निजी क्षेत्रसँग नियमित फोन संवाद गर्ने, आवश्यक सहयोग गर्ने र सहज तरिकाले अत्यावश्यक मालवस्तुको आयातमा सरकार २४ सै घण्टा परिचालित भइरहेको मन्त्री भट्टले राससलाई जानकारी दिए। उनले भने,'दैनिक उपभोग्य वस्तुदेखि औषधि तथा पेट्रोलिमय पदार्थको आयातका लागि सबै व्यवस्था मिलाइएको छ ।'

उपत्यकामा दुईदर्जन मिनीट्रक तयारी अवस्था

सरकारले जनताको भान्छामा दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिन तयारी तीव्र बनाएको उहाँले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकाको हकमा अत्यावश्यक वस्तु पुर्‍याउन करिब दुई दर्जन बढी मिनीट्रकको व्यवस्था गरिएको छ । काठमाडौँमा १५, ललितपुर र भक्तापुरमा सात/सात मिनीट्रक तयारी अवस्था छन् ।'ती मिनीट्रकको प्रयोग गरेर अभाव भएको ठाउँमा चामल, दाल, नुन, तेल, आलु, प्याजलगायत अत्यावश्यक वस्तु पुर्‍याइने छ', मन्त्री भट्टले भने,'जहाँ त्यस्ता खाद्य वस्तुको अभाव हुन्छ, त्यहाँ पुर्‍याउँछौँ ।'

त्यसका लागि मन्त्रालयले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ ।'कुनै टोलमा खाद्यान्नको अभाव छ भने ११३७ मा फोन गर्नुपर्छ', उहाँले भने,'तत्कालै अत्यावश्यक वस्तुसहितको सरकारी टोली त्यहाँ पुग्छ । अहिले हामी त्यसको तयारीमा छौँ ।'

सोही मिनीट्रकमा राखेर घरघरमा खाद्यान्न पुर्‍याइने उहाँले बताए। कोरोनाको माहामारी फैलिएको अवस्थामा घरघरमा पुर्‍याउनुपर्ने अवस्था आउन सक्नेतर्फ सरकार सचेत रहेको उहाँको भनाइ थियो ।'त्यो स्थितिको सामाना गर्न हामी तयार हुनुपर्छ', मन्त्री भट्टले भने ।  

जनताको भान्छामा अत्यावश्यक वस्तुको अभाव हुन नदिन भाटभटेनी, बिगमार्ट, सेल्सवेरीलगायत ठूला व्यापारिक प्रतिष्ठानलाई आफ्ना ग्राहकलाई नियमित सामान पुर्‍याउने व्यवस्था गर्न भनिएको उहाँले बताए।'टेलिफोन तथा अनलाइनबाट ग्राहकसँग आफ्नो अर्डर लिने र घरघरमा पुर्‍याउन पनि सहजीकरण गरिरहेका छौँ', उहाँले भने,'त्यस्ता कम्पनीको ‘मोबाइल टिम’ तथा ‘भ्यान’लाई लकडाउनको समयमा निर्वाध सञ्चालनमा ल्याउन दिनका लागि विशेष पासको व्यवस्था गर्दैछाँै ।' 

सम्बन्धित जिल्ला प्रशासनले पास जारी गरिदिने उहाँको भनाइ छ ।'सङ्कटको समयमा जसरी भए पनि सेवा दिने मनस्थिति बनाएर बस्न उनीहरुलाई आग्रह गरिएको छ', उहाँले भने । काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोटलगायत जिल्लाबाट उपत्यकाका लागि तरकारी तथा दूध बोकेर आउने सवारी साधनलाई निर्वाध प्रवेशको व्यवस्था मिलाइएको छ ।

विपद्का समयमा अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै व्यवधान आउन नदिन सरकार प्रत्येक क्षण सचेत अवस्थामा रहेको भन्दै उहाँले ढुवानीका साधन नियमित सञ्चालन होउन् भनेर ट्रक व्यवसायी महासङ्घसँग छलफल गरेको बताए।'मैले ट्रक व्यवसायी महासङ्घको अध्यक्ष र महासचिवलाई मन्त्रालयमा बोलाएरै छलफल गरेको छु', उनले भने,'कुनै पनि हालतमा ढुवानीका साधन रोकिनु हुँदैन भनेर भनेको छु ।'

चालकलाई अप्ठ्यारो अवस्थामा काम गर्न प्रोत्साहित गर्न तथा विशेष भत्ताको व्यवस्था गर्न महासङ्घलाई आग्रह गरेको उनले बताए।'चालकलाई जो भत्ता दिँदै आउनुभएको छ, त्यसमा थप गरेर दिनुस् भनेको छु', मन्त्री भट्टले भने,'ढुवानीको लागत पनि काम नगर्नुस्, अहिलेको बेलामा तपाईंहरुले योगदान गर्नुपर्छ भनिएको छ ।' ढुवानी व्यवसायीले पनि अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै व्यवधान आउन नदिने प्रतिबद्धता जनाइसकेको उनले जानकारी दिए। 

मङ्गलबार रातिदेखि लागू हुने गरी भारतले २१ दिने ‘लकडाउन’को घोषणा गरेसँगै ग्यासको अभाव हुन नदिन सरकारले विशेष पहल गरिरहेको बताए।'यसले चुनौती थपेको छ, ग्यासको बुलेट भारतको मात्रै छ, मङ्गलबार २०÷२२ बुलेट ग्यास आएको छ', मन्त्री भट्टले भने,'नेपालमा ग्यास लिएर आउने भारतीय चालकले बुलेट चलाउन नमानेको अवस्थामा के गर्ने भन्ने विषयमा सरकार गम्भीर छ । हामीले त्यहाँको सम्बन्धित पक्षसँग कूटनीतिक पहलबाट छलफल गर्ने तयारी गरेका छौँ ।' 

आपूर्ति व्यवस्थालाई सहजीकरण गर्न नेपाल र भारतका वाणिज्य सचिवबीच नियमित कुराकानी हुने व्यवस्था मिलाइएको उहाँले बताए। अहिलेसम्म भारतबाट आयात हुने कुनै पनि वस्तुमा अवरोध नभएको उनको भनाइ छ ।

तीन जिल्लामा खाद्यान्न पठाइयो

अहिले हामीसँग छ महिनालाई पुग्ने खाद्यान्न मौज्दात छ । उपत्यका बाहिर खाद्यान्न उपलब्धताको स्थिति के हो भनेर अध्ययन थालिएको मन्त्री भट्टले बताए।'ती जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत के कति खाद्यान्नको आवश्यकता हुने हो, अभाव के छ त्यसका बारेमा ‘रिपोर्ट’ पेश गर्न भनेका छौँ, वाणिज्य कार्यालय भएको क्षेत्रमा कार्यालयलाई सक्रिय पारेका छौँ । अनुगमन पनि गरिरहेका छौँ', उनले भने ।

मङ्गलबार साँझसम्म प्राप्त रिपोर्टअनुसार जाजरकोट, पश्चिमरुकुम र मुगुमा केही खाद्यन्न अभाव छ भन्ने पाइएको छ । त्यस्तो रिपोर्ट आउने बित्तिकै तुरुन्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत खाद्यन्न आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिइएको मन्त्री भट्टले जानकारी दिए। 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २५ हजार मेट्रिक टन चामल मौज्दात छ । त्यस्तै २० हजार मेट्रिक टन धान सञ्चित छ । साल्ट्र ट्रेडिङसँग नुन करिब १० महिनालाई पुग्ने मौज्दात छ । त्यस्तै दशैँ तिहारसम्म चिनीको कुनै अभाव नहुने देखिएको छ । साल्ट ट्रेडिङसँग दुई/तीन महिनाका लागि पुग्ने चिनी मौज्दात रहेको छ ।' हामीसँग चिनीको कुनै अभाव छैन, भर्खरै उखु क्रसिङ भएको छ', उनले भने,'उद्योगीसँग पुरानो चिनी पनि मौज्दात रहेको छ । नयाँ चिनी उत्पादन गर्ने काम पनि भइरहेको छ ।' सात दिनलाई पुग्ने पेट्रोलियम पदार्थको मौज्दात रहेको उहाँको भनाइ छ । लकडाउनको समयमा अत्यावश्यकबाहेक अन्य सवारी सधान नचल्दा इन्धनको खपत न्यून छ । 

ग्यासको अभाव हुन नदिन नयाँ ढङ्गले योजना बनाइएको उनको भनाइ थियो । केहीगरी ग्यास आउन सकेन भने कसरी आपूर्ति गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको उहाँले बताए। अत्याश्वक क्षेत्रमा ग्यासको अभाव हुन नदिन एक लाख सिलिण्डर ग्यास भरेर तयारी अवस्थामा राख्न र बाँकी एक लाख सिलिण्डर तत्कालै ग्यास भर्न मिल्ने गरी तयारी हालतमा बस्न पनि उद्योगीलाई निर्देशन दिइएको उहाँले बताए। 

उहाँले आपूर्तिमा कुनै समस्या आउन नदिने दृढतासमेत व्यक्त गरे।' हामीलाई जनता र सञ्चारमाध्यमको सहयोग चाहिन्छ', उनले भने,'अभाव भएका स्थानबारे सही जानकारी दिनुपर्छ हाम्रो टोली त्यहाँ पुगिहाल्छ ।' 

दैनिक ज्यालादारी मजदूरको जीवनयापनमा समस्या आउन सक्नेतर्फ सरकारकाले गम्भीतापूर्वक ध्यान दिएको उहाँले बताए। दैनिक ज्यालादारीले काम नभई तलब पाउँदैनन्, नेपाल सरकारका निकायमा पनि सयौँको सङ्ख्यामा दैनिक ज्यालादारीका कर्मचारी छन् । त्यस्तै निजी क्षेत्रमा पनि त्यस्ता मजदुर छन् । ज्यालादारी मजदुरको हातमुख जोर्ने विषयलाई कसरी समाधान गर्ने भन्नेतर्फ लागेका छौँ । रमेश लम्साल र अशोक घिमिरे ,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x