×

NMB BANK
NIC ASIA

आफ्नो होटेल क्वारेन्टाइनका लागि प्रयोग गर्न दिने राजपा सांसद राउतको घोषणा

चैत १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय जनता पार्टी नेपालकी वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य समेत रहेकी निर्जला राउतले आफ्नो होटेललाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न प्रदेश २ को सरकारसँग आग्रह गरेकी छिन् ।

Muktinath Bank

उनले ३ बर्ष अघिदेखि महोत्तरीको बर्दिबासमा राम्रैसँग संचालनमा रहेको सेवा सुबिधा सम्पन्न होटेल पावन मिथिलालाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न आग्रह गरेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘शुरु देखि नै समाजका लागि केही गरौँ गरौँ जस्तो लागेको थियो,’ सांसद राउतले लोकान्तरसँग भनिन्, ‘आज बिहानै मैले त्यो निर्णय गरेर होटेललाई कोरोना विरुद्धको महामारीलाई रोकथाम गर्नका लागि प्रयोग गर्न दिए हुन्थ्यो भनेर घोषणा गरेकी हुँ ।’


Advertisment
Nabil box
Kumari

४५ वटा ठूलो कोठा, १ सय जना अटाउने कन्फरेन्स हल एउटा, ५०/५० जना मानिस अटाउने २ वटा हलसहित अत्याधुनिक सेवा सुविधा सम्पन्न राम्रो चलेको अवस्थाको उक्त होटेल रहेको उनले बताइन् ।

Vianet communication
Laxmi Bank

‘यस्तो गाह्रो परेको बेला सहयोग गर्नुपर्छ भनेर मैले घोषणा गरेकी हुँ,’ राउतले भनिन्,‘मैले प्रदेश सरकारका कुनै मन्त्री वा मुख्यमन्त्रीसँग कुरा भने गरेको छैन । पहिले घोषणा त्यो आफुले गरें,  अब प्रदेश सरकारले चिकित्सक सहितको टोली पठाएर होटेलको निरीक्षण गर्लान् भन्ने अपेक्षा राखेको उनले बताइन् ।

होटेलमा काम गर्ने कामदारलाई घर पठाएर अन्य सामानहरु खाली गराइरहेको समेत उनले जानकारी दिइन् । सिराहाको लहान नगरपालिका वडा अनाम्बर १३ स्थित पक्की टोल निवासी राउत राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीको साविकको पार्टी राष्ट्रिय मधेश समाजवादी पार्टीमा आवद्ध थिइन् । उनी भण्डारीकै कोटाबाट समानुपातिक सांसद बनेकी हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x