×

NMB BANK
NIC ASIA

सय बेडको क्वारेन्टाइन सञ्चालनमा

चैत १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश पाँचको पश्चिम नवलपरासीमा कोरोना संक्रमण लक्षण देखिएका बिरामीलाई राख्न एक सय शय्याको क्वारेन्टाइन निर्माण गरेको छ । जिल्लाको सुनवा नगरपालिकाको भूमहीस्थित प्रहरी युक्ती तालिम महाविद्यालयको खाली चौरमा क्वारेन्टाइन निर्माण गरिएको हो । क्वारेन्टाइन बुधवारदेखि सञ्चालनमा आएको हो ।

Muktinath Bank

क्वारेन्टाइनमा महाविद्यालयका एक चिकित्सकसहित नगरपालिकाको छुट्टै स्वास्थ्य टीम खटाइएको छ । वार्ड बनाउन महाविद्यालयले त्रिपाल उपलब्ध गराएको छ । त्यसबाहेकका सबै सामग्री नगरपालिकाले उपलब्ध गराएको नगरप्रमुख भीमबहादुर थापाले बताए । ‘बेडदेखि बिरामीलाई आवश्यक पर्ने सम्पूर्ण सामाग्री र खानासमेत नगरपालिकाले व्यवस्था गरेको छ,’ थापाले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना संक्रमणको लक्षण देखिएका बिरामीलाई त्यहाँ पुर्‍याएर उपचार गरिने उनले बताए । ‘संक्रमण देखिएका बिरामीलाई तत्काल क्वारेन्टाइनमा पुर्‍याइन्छ । शंका लागेका परिवारका सदस्यलाई पनि त्यहाँ राखेर निगरानीसहित उपचार सुरु गरिने छ,’ थापाले भने ।


Advertisment
Nabil box
Kumari

स्वास्थ्य संस्थामा रुघाखोकी र ज्वरोका बिरामीको संख्या बढेर उपचारमा समस्या भए उनीहरुलाई पनि क्वारेन्टाइनमा लगेर परीक्षण सुरु गर्ने सोचका साथ वार्ड निर्माण गरिएको थापाले बताए । क्वारेन्टाइनमा अस्थायी शौचालयसमेत निर्माण गरिएको छ ।

Vianet communication
Laxmi Bank

क्वारेन्टाइनमा राखेर उपचार गर्ने क्रममा जटिल लक्षण देखिए तत्कालै आइसोलेसनमा पठाइने उनले बताए । हाल जिल्ला अस्पतालमा ५ शैयाको आइसोलेसन छ ।  क्वारेन्टाइनका लागि १० थान पीपीईसहितको सामग्री आइसेको छ । थप ५० थान पीपीई ल्याउन लागिएको र अन्य सहयोगका लागि प्रदेश सरकारसँग माग गरिएको नगर प्रमुख थापाले बताए । क्वारेन्टाइनमा बिरामीलाई ल्याउन र पुर्‍याउनका लागि ३ वटा एम्बुलेन्स तयारी अवस्थामा रहेको नगरपालिकाले जनाएको छ ।

संक्रमणबारे सुरक्षित रहन र लक्षण देखिएका बिरामीहरुको उपचारका लागि जिल्लाका सबै स्थानीय तहहरुलाई क्वारेन्टाइन बनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x