×

NMB BANK
NIC ASIA

सुर्खेतमा क्वारेन्टाइन निर्माण तीव्र, कतिपयले निशुल्क होटेल दिँदै

चैत १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुधवार विहानको दुई बजेको थियो । सुर्खेतका व्यवयासी, सुर्खेत चेम्बर अफ कर्मशका अध्यक्ष चिन्तामणि शर्मा घण्टाघरमा सुतिरहेका थिए । त्यहि बेला उनको मोबाइलमा सरकारी उच्च अधिकारीको फोन आयो ।

Muktinath Bank

तारन्तार फोन आउन थालेपछि उनले फोन उठाए । भारतको रुपैडियाबाट ल्याइएका ५७ जनालाई होटलमा बास दिनुपर्ने प्रस्ताव कर्णाली प्रदेश सरकारका एक मन्त्रीले गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मैले पहिले पनि सामाजिक सञ्जालमार्फत सरकारलाई आवश्यक परेको खण्डमा क्वारेन्टाइन बनाउन होटल दिने प्रतिबद्धता जनाइसकेको थिएँ,’ उनले भने, ‘सरकारले आग्रह गरेपछि मानवियताका नाताले मैले भारतबाट ल्याइएका नागरिकलाई राखने निर्णय गरेको हुँ ।’


Advertisment
Nabil box
Kumari

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले प्रदेश सरकारले बाँके जिल्ला प्रशासन कार्यालयको सहयोगमा भारतबाट आएका १०२ जना नागरिकलाई जुम्ला रोडमा रहेको अशोका होटलमा राखेको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

‘१२ गते बिहान दुई बजेको समयमा भारतबाट नेपालका विभिन्न नाका हुदै सुर्खेत भित्रिएका पुरुष ५३ र महिला ४ गरी जम्मा ५७ जनालाई क्वारेन्टाइनमा राख्नुपर्ने भएकोले विनपा ६ स्थित खुल्ला मैदानमा क्वारेन्टाइन निर्माणधीन अवस्थामा रहेकोले उनीहरुलाई कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा विनपा १० दैलेखी चोकस्थित रहेको अशोका होटलमा २७ वटा कोठा भाडामा लिई राखिएको छ,’ उनले भने ।

यसका अलावा सोही होटलमा भारतको विभिन्न नाका हुदै आएका थप ४५ जना मध्ये दुई महिला र १९ पुरुष अशोका होटलमा थप गरी जम्मा ७८ जनालाई उक्त होटलमा राखिएको प्रहरीले जनाएको छ ।

अन्तर्र निर्भर समाज होस्टेलको भवनमा २४ जना पुरुष राखिएको छ ।

सामाजिक विकास मन्त्री दल रावलले होटल खोज्दा पनि रातिको समयमा नपाइएका कारण नेपाली सेनाले अशोका होटलमा राखेको बताए । उनले अहिले उक्त होटलमा नेपाली सेना, स्वास्थ्यकर्मीको एक टिम नै खटाइएको बताउँदै विहीबार साँझदेखि होटलमा रहेका नागरिकलाई क्वारेन्टाइनमा सारिने बताए ।

‘नेपाली सेनाले नै खुलामञ्चमा रहेको क्वारेन्टाइनको व्यवस्थापन गरिरहेको छ । बिहीवारसम्म क्वारेन्टाइन पूर्ण रुपमा तयार हुन्छ । सेनाले सबैलाई त्यहीं व्यवस्थापन गर्नेछ ।  

खुलामञ्चमा बनिरहेको ८ सय वेडको क्वारेन्टाइनमा धारा जडान गरिएको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता समिति सुर्खेतले क्वारेन्टाइनमा दुइ धारा जडान गरेको हो । ‘नेपाली सेनाले धारा जडान गरिदिन आग्ह गरेको थियो,’ संस्थाका अध्यक्ष कुलमणि देवकोटाले भने, ‘सोही अनुसार हामीले दुईवटा धारा जडान गरेका छौं । यो धारा निःशुल्क हुनेछ ।’
नेपाली सेनाले शौचालय निर्माणमा पनि तीव्रता दिएको छ । बिहीवार साँझसम्म क्वारेन्टाइन्को सबै तयारी पूरा हुने नेपाली सेनाले जानकारी दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x