कोरोनाका तेस्रो संक्रमित युएईबाट आएको पुष्टि, मन्त्रालयले सच्यायो तथ्य

नेपालमा कोरोनाभाइरस (कोभिड १९) को तेस्रो संक्रमण कतारबाट आएका एक युवामा देखिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालको दाबी गलत रहेको पुष्टि भएको छ ।

बुधवार मन्त्रालयबाट भिडियोमार्फत जानकारी दिँदै मन्त्री ढकालले चैत्र ६ गते कतारबाट आएको एक युवामा कोरोना संक्रमण देखिएको बताएका थिए तर ती संक्रमित व्यक्ति कतारबाट नभई संयुक्त अरब इमिरेट्स (युएई)बाट आएका हुन् ।


Advertisement

लोकान्तरले कोरोनाका तेस्रो संक्रमित दुबईबाट नेपाल आएका पुरुष,घर धादिङ !शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

बुधवार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती व्यक्ति एयर अरेबियाबाट काठमाडौँ आएको भन्दै अगाडिको तथ्य सच्याएको छ । एयर अरेबियाको फ्लाइट नम्बर जी ३५३७ बाट उनी चैत ६ गते राति १० बजे काठमाडौँ अवतरण भएका थिए ।


Advertisement

एयर अरेबियाका जहाजहरू युएईको शारजहाबाट नेपाल आउने गर्दछन् ।

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्