पदाेन्नति भएका तीन एआईजीलाई दर्ज्यानी चिह्न

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा पदोन्नति भएकालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

दर्ज्यानी चिह्नद्वारा सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरुमा तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन्।  मन्त्रिपरिषद्कोको  चैत ९ गतेको निर्णयअनुसार उनीहरु प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका हुन्।


Advertisement

 प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पदोन्नति भएका वरिष्ठ अधिकृतलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पछिको सांगठनिक योगदान थप महत्वपूर्ण हुने भएकोले नेतृत्व, निर्णय क्षमता, सांगठनिक दृष्टिकोणप्रति दृढ अडान राख्दै आफ्नो ज्ञान, सीप, क्षमताको प्रदर्शन गरी काम गर्नुपर्ने बताए।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्